‘कमलेको बिहे’को फर्स्टलुक र गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक भएको छ ।अनुपविक्रम शाही तथा सन्ध्या केसी स्टारर रहेको यस फिल्म बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको पोस्टर तथा गीत रिलिज गरिएको हो ।कार्यक्रममा मिडियाकर्मीमाझ फिल्मको ट्रेलर पनि देखाईएको छ ।नामले नै कमेडी बोल्ने फिल्ममा कमलेको भुमिकामा अनुपविक्रम प्रस्तुत छन् भने सन्ध्या चमेलीको भुमिकामा छिन् ।kamaleko biheकार्यक्रममा बोल्दै निर्देशन प्रसन्न पौड्यालले नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार रहेको बोले । पछिल्लो पुस्ताका युवा युवतीले आफु खुसी जीवनसाथी खोज्ने क्रम बढ्दो हुँदा परिवारबाट त्यसमा उत्पन्न हुने बाधा व्यवधानको प्रभाव फिल्मले बोल्नेछ ।
यसअघि अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’मा केमियो रोलमा देखिएकी अभिनेत्री सन्ध्याले ’कमलेको बिहे’लाई डेब्यू फिल्म बोलिन् । ‘ड्रिम्स’मा म केमियो भुमिकामा थिएँ, यो फिल्म मेरो करियरको लागी डेब्यू हो सन्ध्याले थपिन, ‘फिल्मले अनुभव धेरै दियो, राम्रो टिमसँग काम गर्न पाएँ त्यसको नतिजा पनि राम्रो निस्केको छ हलमा आउँदा दर्शकको आँखा घुम्न दिने छैनौं ।’ अभिनेता अनुप भने कार्यक्रममा कारणबस अनुपस्थित रहे ।kamaleko bihe press metफिल्मलाई अनुभवी छायाँकार विदुर पाण्डेले खिचेका हुन् । पाण्डेको हातबाट आधा दर्जन बढि फिल्महरु क्यामेरा कैद भइसकेका छन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद समावेश ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, दिपक पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र लिरण लाकौल लिड अभिनयमा छन् । सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा सरिता लामाको लगानी छ भने कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्ट र मिलन लामाले गरेका छन् ।
राजनराज शिवाकोटी, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको फिल्ममा समावेश गीतमा शिवाकोटीसँगै माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ । सम्राट वस्नेतको द्वन्द्व निर्देशन रहँदा नृत्य निर्देशन दिपकमान सिंहले गरेका छन् । तारा थापा ‘किम्भे’ फिल्मका सम्पादक हुन् । फिल्मको आधिकारिक रिलिज मिति तय नभएपनि निर्माण टिमले श्रावणमा रिलिज गर्ने बताएको छ ।
यसैबीच फिल्म ‘कमलेको बिहे’मा समावेश ‘टाकन टुकुन’ बोलको गीत युट्युव रिलिज गरिएको छ । सार्वजनिक गीतमा माण्डवी त्रिपाठी र राजनराज शिवाकोटीको स्वर छ शब्द संगीत पनि शिवाकोटीकै हो ।

Namaste Filmy

Read Previous

कर्णराज गिरीको देशभक्ती गीत "यो देश रोइरहेछ.." को भिडियो सार्वजनिक

Read Next

चलचित्र ‘पर्व’को ‘बिषय बस्तु फरक :नायिका नम्रता श्रेष्ठ