आमा बनेपछि खुशी छिन प्रियंका चोपडा ।

[dropcap][/dropcap]लिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेपछि अत्यन्त खुशी छिन । उनले हर्ष थाम्न नसकेपछि शिशु र आफनो फोटो टवीटरमा ट्वीट गरीन र सबैसामु खुशी साटिन । ट्वीटरमा उनले लेखिन- ‘यो सानो जिन्दगीको सानो सानो खुट्टा, हात, अनि मिठो मुस्कान, कति प्यारो छ सब चीज, कति निर्दोष छ ।’priyankaयसरी अविवाहीत प्रियंका चोपडा आमा बनेको समाचार आउदा उनका फयानहरु निकै अचम्ममा पर्न सक्छन । तर नझुक्किनोस यो प्रियंकाको रियल लाइफ मा नभई रील लाइफको कुरा हो । उनी निर्माणको क्रममा रहेको फिल्म मेरी कोम मा आमा बनेकी हुन । फिल्ममा उनी एक बच्चाको आमा को रुपमा देखिएकि छिन साथमा उनी चर्चित खेल बक्सिङका चर्चित खेलाडि पनि हुन ।

रियल खेलाडि मेरी कोमको जीवनीमाथि बनिरहेको फिल्ममा नेपाली अभिनेता सुनिल थापाको पनि मुख्य अभिनय रहेको छ । सुनिल फिल्ममा प्रियंकाको गुरुको भुमिकामा देखिनेछन । मेरी कोमको वास्तविक संघर्षको कथालाई फिल्ममा उतार्नको लागी प्रियंकाले इम्फालसम्म गएर मेरी कोमलाई भेटेकि थिइन ।

Namaste Filmy

Read Previous

छयांकनमा 'ठुली' । निर्देशक बोहोरा भन्छन- 'हिरो बन्ने दिन गैसके ।'

Read Next

Models watch: Anupa Thapa