चलचित्र संघले अमेरिका र अष्ट्रेलियामा अवार्ड गर्ने

हलहरुको छाता संगठन नेपाल चलचित्र संघले मेरिका र अष्ट्रेलियामा नेपाली फिल्म अवार्डसँगै ‘सिने क्विज’ र ‘मुभी अफ द मन्थ’को आयोजना गर्ने भएको छ ।
nepal chalchitra sanghविगत केही बर्षदेखि आयोजना हुदै आएको ‘नेपाल मोसन पिक्चर एसोसियसन अवार्ड’ विविध कारणले गर्दा रोकिएको थियो । तर, अब भने संघले अवार्डलाई निरन्तरता दिने भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रदिप कुमार उदयले अवार्डको बारेमा जानकारी दिए ।
संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘नेम्पा फिल्म अवार्ड २०१७’ आयोजना गर्न लागिएको जानकारी दिइएको हो । १८ विधामा अवार्ड र एक विधामा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ ।
सन् २०१७ को सेप्टेम्बरमा अमेरिकाका विभिन्न राज्यमा यो अवार्ड आयोजना हुनेछ । उक्त कार्यक्रममा ४० जना फिल्र्मीकर्मीले सहभागीता जनाउनेछन् । यस्तैगरि, सन् २०१८ मा यो अवार्ड अष्ट्रेलियामा आयोजना हुनेछ ।
अवार्ड १८ विधामा वितरण गरिनेछ भने १ जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने नेपाल चलचित्र संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अमेरिकामा यस बर्ष आयोजना हुने ‘नेम्पा फिल्म अवार्ड’ का लागि २०७३ सालमा प्रदर्शन भएका नेपाली फिल्महरुले यही जेष्ठ मसान्तसम्म नेपाल चलचित्र संघको कार्यलयमा दर्ता गरिसक्नु पर्नेछ ।

Namaste Filmy

Read Previous

साम्राज्ञीलाई गाजल लगाउन मन लागे पछि साइला दाईलाई किन्दिन भनिन (भिडियो)

Read Next

कमेडी फिल्म ’कमलेको बिहे’को ट्रेलर रिलिज(भिडियो)