दीपेन्द्र विर विक्रम शाहको प्रेम कथामा चलचित्र ‘दीपेन्द्र सरकार’ निर्माण हुने

पूर्व राजा दीपेन्द्रको नाममा चलचित्र चलचित्र ‘दीपेन्द्र सरकार’ निर्माण हुने भएको छ ।यस अगाडि चलचित्र ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले आफ्नो ब्यानरमा चौथो चलचित्र ‘दीपेन्द्र सरकार’ बनाउने भएको छ ।  काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्धमृत अवस्थामै १३ औ राजा बनेका दीपेन्द्र विर विक्रम शाहको प्रेम कथामा आधारित रहेर चलचित्र बन्न लागेको जानकारी दिइएको थियो । २९ बर्षको उमेरमा सन् २००१ को जुन ३ मा दीपेन्द्रको निधन भएको थियो ।
dipendra sakrakसन् १९७१जुन २१ मा नारायणहिटीमा जन्मिएका दीपेन्द्रको प्रेम जीवन पनि निकै चर्चामा रहेको थियो । निर्माता सन्तोष सेनले दीपेन्द्रको प्रेम कथालाई नै आधार बनाएर चलचित्र बनाउन लागेको बताए । यो चलचित्रको बजेट ५ करोड ५० लाख रहने बताइएको छ । विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर यो चलचित्र बन्नेछ । जसका लागि निर्माताले, पुस्तकको अधिकार पनि किनिसकेका छन् ।
pradep karkiयो चलचित्रको प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो ।
नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ । ‘दीपेन्द्र सरकार’ बन्न लागेको नायक प्रदिप खड्काले निर्माण टिमको निर्देशन अनुसार आफू पात्रको भूमिकामा ढल्ने बताए ।
कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले चलचित्रका लागि आफू मोटाउने बताएका छन् । दीपेन्द्र केही मोटा रहेकाले पनि प्रदिपले उनकै जीउडालमा आफूलाई ढाल्ने निर्माणपक्षको भनाई छ । महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको चलचित्र बनाइनेछ ।पत्रकार सम्मेलनमा दीपेन्द्रका संगीत गुरु सुभबहादुर सुनामले दीपेन्द्रले लेखेका चर्चित गीतहरु गाएर सुनाएका थिए ।

Namaste Filmy

Read Previous

कमेडी फिल्म ’कमलेको बिहे’को ट्रेलर रिलिज(भिडियो)

Read Next

‘पञ्चायत’को चितवनमा भव्य रेड कार्पेट प्रिमियर,चलचित्रको सबैले खुलेर तारिफ गरे