नायिका रेखा थापाले नायक आर्यन सिग्देल सग बिहे गरिन

चर्चित नायिका रेखा थापा र आर्यन सिग्देलले बिहे गरेका छन् ।नेपाली चलचित्र क्षेत्रका हिट जोडी यी दुइले बन्दीपुरको एक मन्दिरमा गएर बिहे गरेका हुन् ।
aryan n rekhaझण्डै ७ बर्ष सम्म बोलीचाली  न भएको यो जोडीले अहिले आएर बिहे समेत गरेका छन् ।तर उनीहरुको यो बिहेको दृश्य भने रियल लाईफमा भने हैन यो त् रेखा र आर्यनको नया चलचित्र ‘रुद्रप्रिया’को लागि बिहेको बरमाला लगाएका हुन् ।
rekhaनायिका रेखा थापाको निर्माण रहेको चलचित्र ‘रुद्रप्रिया’अहिले बन्दीपुरमा धमाधम छायांकन भै रहेको छ । रेखा फिल्मसबाट बनेको ‘किस्मत’ फिल्मबाट रजतटपमा नायकको रुपमा डेव्यु भएका आर्यन र रेखाले ‘किस्मत’ सहित, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ जोडी भएर अभिनय गरेका छन् ।तर केहि समय अघि बाट यी जोडी पानि बराबर समेत भएको थियो । उनीहरुको बोलचाल समेत भएको थिएन ।अहिले पुरानो सबै कुरा भुलेर यी सफल जोडी पुन एकसाथ यसै चलचित्र बाट आउन लागेका हुन् ।
rekha thapaजेष्ठ ११ गते बिहीवार बन्दीपुर बाट छायांकन गरिएको चलचित्र ‘रुद्रप्रिया’बन्दिपुर, पोखरा, जिरी लगायतका स्थानहरुमा खिचिने छ । चलचित्रमा अर्जुन पोख्रेल,राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ, भने कविराज गहतराजको कोरियोग्राफी रहने छ । ‘रुद्र प्रिया’ का निर्देशक ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंह हुन् ।
arayan n biswasआमा सरस्वती थापा निर्माता रहने फिल्म ‘रुद्र प्रिया’ मा रमेश पौडेलले लगानीमा रेखाले पनि साथ दिएकी छिन् । ‘रुद्र प्रिया’ पनि नारीप्रधान फिल्म हुने रेखाले जनाएकी छन् । चलचित्रका सिनेमाटोग्राफर सञ्जय लामा हुन् । चलचित्र रिलिज कार्तिक २ गते लक्ष्मीपुजाको दिन बाट प्रदर्शनमा आउने छ।

Namaste Filmy

Read Previous

‘लिला’को ‘ढाको चोली'बोलको गीत सार्वजनिक (भिडियो)

Read Next

निशा अधिकारीको ‘झ्यानाकुटी’भदौ ८ माआउने ,फस्टलुक सार्वजनिक