‘प्रेमगीत २’ का प्रदीप खड्का र अश्लेषा ठकुरी ‘विस्तारै-विस्तारै’मायामा डुब्दै (भिडियो)

चलचित्र ‘प्रेमगीत २’ को अर्को नया गीत ‘विस्तारै-विस्तारै’ सार्वजनिक गरिएको छ ।रारा तालको निकै लोभ लाग्दो दृश्यहरु छायांकन गरिएको यस गीतमा नायक प्रदीप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरीलाई फिचरिङ गरिएको छ । यी दृश्यहरु चर्चित छायकार पुरुषोत्तम प्रधानले खिचेका हुन् ।गीतमा रोहितजोन क्षेत्रीको शब्द, संगीत र स्वर छ ।pree geet 2 songआशुसेन पिक्चर्सको ब्यानरमा सन्तोष सेनले निर्माण गरेको यो फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । पटकथा पनि निर्देशक पाठककै हो । यो फिल्ममा बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गरिएको छ ।
यसवर्षको प्रतिक्षित सिनेमाको रुपमा हेरिएको चलचित्र ‘प्रेमगीत २’ साउन १३ गते बाट प्रदर्शनमा आउदै छ ।ओम गुरुङ यस चलचित्रका सहनिर्माता हुन्।
सन्तोष सेनले दीपेन्द्र सरकार नामक चलचित्र बनाउने घोषणा गरेका छन्। दरबार हत्याकाण्ड र दीपेन्द्र-देब्यानीबीचकाे प्रेम कथामा साे चलचित्र निर्माण गर्न लागिएको हो ।
https://www.youtube.com/watch?v=ylf6Tx7sI8I

Namaste Filmy

Read Previous

दुबईमा छायांकनको तयारीमा रहेको 'बाबु कान्छा'निर्देशक शोभित बस्नेतको कुराकानी(भिडियो)

Read Next

प्रतिक्षित चलचित्र 'म यस्तो गीत गाउँछु' को ट्रेलर सार्वजनिक (भिडियो)