ट्रेलर रिलिज अघि नै 'प्रेमगीत २' को गोप्य दृश्यहरु लिक

बहुप्रतिक्षित मानिएको चलिचित्र ‘प्रेमगीत २’ युनिटलाई तनाव थपिएको छ । असार ३० गते रिलिज हुने फिल्मको केहि दिनमा नै ट्रेलर सार्वजनिक गरिने अफिसियल अनाउन्स गरसँगै निकै गोप्य राखिएका केहि दृश्यहरु लिक भएका छन । फिल्ममा नै आबद्ध एक क्रिउ मेम्बर चन्द्र भुजेलले फिल्मको उक्त दृश्यहरु समाजिक सञ्जाल फेसबुकमा शेयर गरेका हुन । उनले २५ वटा एक्स्क्लुसिभ तस्वीरहरु शेयर गरे । जसले प्रेमगीत २ को अधिकांश सस्पेन्स र कथाबस्तु खुलाईदिएको छ । लिक भएका तस्वीरहरुमा निर्माता सन्तोष सेन आक्रमक फाइटरको रुपमा प्रस्तुत छन । बैंककमा खिचिएको उक्त तस्वीर चलचित्रको क्लाइमेक्स सीन हो भन्ने बुझिएको छ । नायक प्रदिप खड्का र निर्माता सन्तोष सेनबीचको फाइट अहिलेसम्म निकै गोप्य राखिएको थियो तर यी तस्वीरहरु लिक भएसँगै निर्माण टीमले यो सीन क्लाइमेक्सको रहेको बताएका छन । तस्वीर शेयर भएसँगै निर्माता सन्तोष सेन फिल्ममा खलपात्रको रुपमा रहेको पनि प्रस्ट भएको छ । यसअघि उनी कलाकार हो भन्ने कहि कतै उल्लेख गरिएको थिएन । थाईल्यान्डमा चर्चित फाइट फिल्ममा समावेश गरिएको पनि यसै तस्वीरहरुबाट प्रस्टिएको छ । यो नेपाली फिल्मका लागि नयाँ प्रयोग रहेको बुझ्न सकिन्छ ।
गोप्य तस्वीर लिक भएपछि निर्माता सन्तोष सेनले यो आफुहरुको लागि घात भएको बताएका छन । अब कामको रफ्तारलाई नै फेरबदल गर्नुपर्ने उनले बताएका छन ।

Namaste Filmy

Read Previous

कात्तिक १७मा आउने भए हसन ‘रोमियो’ बनेर

Read Next

शोभितको "बाबु कान्छा"मा सलोन र करिष्माले रोमान्स गर्दै (फोटो फिचर )