बलिउडकी चर्चित अभिनेत्री 'नन्दा' को निधन ।

 [dropcap][/dropcap]र्चित भारतीयअभिनेत्री नन्दाको निधन भएको छ । मंगलबार मुम्बईस्थित उनको आफ्नै निवासमा हृदयघातका कारण ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।nanda-103
बाल कलाकारका रुपमा ९ वर्षको उमेरमा अभिनययात्रा शुरु गरेकी नन्दाले देव आनन्दसँग काला बाजÞार, हम दोनो, तीन देवियाँ, शशि कपूरसँग नीद हमारी ख्वाब तुम्हारे, जब जब फूल खिले, र राजेश खन्नासँग द ट्रेन लगायत चर्चित फिल्ममा काम गरेकी थिइन ।
नन्दा र शशि कपूरले अभिनय गरेको ‘जबजब फूल खिले’ ले त्यसअघिका सबै रेकर्ड तोडेको थियो । त्यस्तै ८० को दशकमा उनले प्रेम रोग, र मजदुर जस्ता सफल फिल्ममा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन ।

Namaste Filmy

Read Previous

Models watch: Anupa Thapa

Read Next

अष्ट्रेलियाबाट ‘ऋतु’को प्रदर्शनको लागि नेपाल आएका निर्माता अशोक गौतम म्युजिक भिडियो निर्देशन गरेर फर्कदै