निखिलको खतरनाक एक्शनको दृश्यहरु सहित ‘रुद्र’को ट्रेलर सार्वजनिक (भिडियो)

एक्सन स्टार निखिल उप्रेतिको खतरनाक एक्शनको दृश्यहरु समाबेश गरिएको चलचित्र ‘रुद्र’को फर्स्टलुक ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको सार्वजनिक ट्रेलर निखिलको निकै खतरनाक एक्शन दृश्य देखन सकिन्छ ।द्वन्द्व निर्देशन हिमाल केसीले निखिल उप्रेतिलाई चलचित्रमा निकै जोखिम पूर्ण एक्शन दृश्यहरुमा प्रस्तुत गरेका हुन् ।
rudraश्रावण १३ मा रिलिज हुने यस चलचित्रमा निखिल उप्रेति पहिलो पटक भिलेनको भूमिका देखिएका छन् । ‘रुद्र’लाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।
चलचित्रमा ‘रावणको लागी राम, रामको लागी रावण, दुबै एक अर्काका लागी खलनायक हुन’ जस्ता डैलोग समाबेश गरिएको छ ।
यस चलचित्र बाट नब कलाकार विश्व र सारालाई डेब्यू गर्दै छन् ।फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ । सौरभ लामाले चलचित्रलाई खिचेका हुन् ।
https://www.youtube.com/watch?v=_idh6o2zuM8

Namaste Filmy

Read Previous

‘द मंगोलिनय हाट’को बिषेश प्रदर्शन,,कलाकार र पत्रकारलाई सम्मान

Read Next

'धनपति'को गीत रिलिज(भिडियो )