

कोलम्बियन पपस्टार साकिराले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। अर्की पपगायिका रिहन्नासँग मिलेर उनले ‘कान्ट रिमेम्बर टु फर्गेट युु’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
बिहीबार सार्वजनिक गरिएको उक्त भिडियो एक घन्टामै २० लाखले हेरेका थिए। आइतबारसम्म उक्त भिडियो तीन करोड ९४ लाखले हेरिसकेका छन्। मागिया एल्बमबाट गायन यात्रा सुरु गरेकी साकिराले ुवेन एभर वेन एभर, हिप्स डन्ट लाइ, सि वल्फ, सेल इल सोलुजस्ता एल्बम निकालिसकेकी छन्। २०१० मा दक्षिण अफ्रिकामा भएको फुटबल वर्ल्ड कपको थीमु गीत पनि सकिराले गाएकी थिइन्।
साकिरा गर्भवति भएपछि गायन यात्राबाट टाँढिएकी थिइन्। छोराको जन्म दिएकी उनले लामो समयपछि रिहन्नासँग मिलेर यो गीत गाएकी हुन्।
