बहुप्रतिक्षित 'प्रेम गीत २' ट्रेलर आयो । भिडियो

Prem Geetबहुप्रतिक्षित सिनेमा ‘प्रेम गीत २’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शक हरुले लामो समयदेखि प्रतिक्षा गरेको फिल्मको ट्रेलर प्रेम र त्यसबीचको द्धन्दले भरिपुर्ण छ । ट्रेलरमा हालसम्म गोप्य राखिएको फिल्मका फाइटका दृश्यहरु समावेश छन । निर्माता सन्तोष सेन र नायक प्रदिप खड्काको उपस्थितीले ट्रेलर एक्सनमय छ ।
यसबाहेक रोमान्स र साँगितिक दृश्य समेटिएको ट्रेलरमा अश्लेष ठकुरी मज्जाले छाएकी छिन । उनी म्यानमारकी युवतिको भुमिकामा रहेको बुझ्न सकिन्छ । नेपालदेखि म्यानमारसम्मको कथा बोकेको फिल्म प्रेमगीत २ लाई रामशरण पाठकले निर्देशन गरेका हुन । श्रावनको १३ गते रिलिज गरिने फिल्ममा प्रदिप र अश्लेषका अतिरिक्त शिशिर भण्डारी, कबिता रेग्मी, कैलाश कट्वाल लगायतको अभिनय छ ।

Namaste Filmy

Read Previous

मोडल एलिसा राईको लागि उकाली चड्दै निरञ्जन प्रधान (भिडियो)

Read Next

जनकको 'जुनकिरी' सार्वजनिक । भिडियो