अष्ट्रेलियाबाट ‘ऋतु’को प्रदर्शनको लागि नेपाल आएका निर्माता अशोक गौतम म्युजिक भिडियो निर्देशन गरेर फर्कदै

चलचित्र ‘ऋतु’को प्रदर्शनको लागि अष्ट्रेलियाबाट नेपाल आएका चलचित्रका निर्माता अशोक गौतम म्युजिक भिडियोको  निर्देशन गरेर शुक्रबार अष्ट्रेलिया फर्किदै छन्  ।चलचित्र  ‘ऋतु’को प्रदर्शनको लागि नेपाल आएको बेला एउटा राम्रो गितको  निर्देशन  गरेर निर्माता अशोक गौतमले अब आफुलाई निर्देशनको रुपमा पनि प्रस्तुत गरेका छन् ।
600
अशोक गौतम फिल्म्सको प्रस्तुति रहेको एल्बम ‘गुमनाम’ को सो  म्युजिक भिडियोमा नायिका बेनिशा हमालको अभिनय रहेको छ । पछिल्लो समय फिल्ममा भन्दा म्युजिक भिडियोमा नै बढी छाउन थालिकी नायिका बेनिशा  आज भोलि म्युजिक भिडियो अभिनय  निकै ब्यस्त हुन थालेकी छिन्। सो म्युजिक भिडियोमा बेनिशाको अलाबा सुसिल श्रेष्ठ र मनोज आर .सी .पनि अभिनय रहेको छ ।मधुमास , लक्ष्य ,सी :मल , ऋतु लगायतका चलचित्रमा अभिनय गरि सकेका मनोज आर .सी .ले अप्रिल बिस्टको निर्देशनमा बन्न लागेको चलचित्र “प्रताप ‘मा पनि मुख्य भूमिकामा अभिनय गर्दैछन् ।
1939599_10152004207612286_573058682_nप्रदिप चापागाईको रचना , गैरे सुरेशको संगीत रहेको सो गीतमा स्वरुप राज आचार्यको स्वर रहेको छ । निरज श्रेष्ठको छायांकन ,अनुप पौडेलको कन्सेप्ट तथा सहायक निर्देशन गरेको भिडियो काठमण्डौ सामाखुसी ,फन पार्क लगायतको ठाउमा सुतींग गरिएको छ । निर्माता अशोक गौतम शुक्रबार अष्ट्रेलिया फर्कदै छन् भने अप्रिल बिस्टको  निर्देशन रहने चलचित्र “प्रताप ‘मा पनि उनले लगानी गर्ने भएका छन्  । अशोक गौतमले निर्माण गरेको चलचित्र ‘ऋतु’ यहि मर्चा २९ मा जापान तथा अष्ट्रेलिया पथमा प्रदर्शन हुदैछ ।
10011177_435312819904768_49384664_n

Namaste Filmy

Read Previous

बलिउडकी चर्चित अभिनेत्री 'नन्दा' को निधन ।

Read Next

भिमदत्तका निर्माता खड्काले सेन्सरसीपको अवज्ञा गर्ने चुनौती…चीनमा प्रर्दशन हुने भिमदत्त पहिलो नेपाली चलचित्र