बहुप्रतिक्षित चलचित्र 'छक्का पन्जा २' को टीजर सार्वजनिक (भिडियो )

‘छक्का पन्जा २’ को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा चलचित्रका दुई मुख्य कलाकार बुद्धि तामाङ र दीपकराज गिरी देखिएका छन् । टीजरमा हेमन्त रानाको स्वरमा रहेको ‘सुन साइँली’ बोलको गीत समावेश छ ।
chakka panja 2असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको गएको वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को  सिक्वेल यो टीजर चलचित्र ‘बाहुबली २’ रिलिजको बेला अधिकांश मल्टिप्लेसमा रिलिज गरिएको थियो । ‘छक्का पन्जा २’को केही दिन अगाडि मात्र छायांकन सकिएको हो ।
दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, किरण केसी,बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल,निश्चल बस्नेत लगायतको अभिनय रहेको छ ।
‘नाई नभन्नू ल’ फेम निर्देशक विकासराज आचार्यको कथा रहेको यो फिल्ममा उनी नै कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार यस चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरीको लगानी छ ।

Namaste Filmy

Read Previous

संरक्षणको ट्रेलर सार्वजनिक,श्राबण २७ मा रिलिज हुने (भिडियो)

Read Next

‘नेम्पा फिल्म अवार्ड’ सेम्टेम्वर २मा अमेरिका हुदै