
प्रतिक्षित सिनेमा ‘सायद २’ को दोस्रो अफिसियल ट्रेलर बाहिरिएको छ । निर्माण पक्षले पहिलो ट्रेलर र फिल्मका गीतहरुले पाएको लोकप्रियतालाई कायम राख्न दोस्रो ट्रेलर आउट गरेको हो । यसले पनि दर्शकको मन जित्ने बिश्वास निर्माण टीमको छ ।
ट्रेलर हेर्दा फिल्मले युवापुस्ताको कथा बोकेको प्रस्ट छ । युवापुस्तामा देखिने आकर्षण, प्रेम, रोमान्स र त्यागको कथा फिल्ममा छ । फिल्म दुर्गिस फिल्मसका ब्यानरमा सुनिल रावलले निर्माण गरेका हुन । सफल निर्माता रावलको यसअघिका हरेक फिल्मले जस्तो यो फिल्मले पनि चर्चा र सफलता पाउने आशा गरिएको छ ।
फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन । सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुङगाना, कुशल पाण्डे लगायतको अभिनय फिल्ममा छ । फिल्म असार ३० बाट रिलिज हुदैछ ।

