भिमदत्तका निर्माता खड्काले सेन्सरसीपको अवज्ञा गर्ने चुनौती…चीनमा प्रर्दशन हुने भिमदत्त पहिलो नेपाली चलचित्र

राजेन्द्र कार्की÷हेटौंडा÷चैत्र, १२

देशभक्ती र राष्ट्रिय स्वाधिनताको कथा वस्तुलाई लिएर चलचित्र निमार्ण गर्दै आइरहनु भएका चलचित्र निर्माता नवल खड्काले सेन्सरबोर्डले चलचित्र भिमदत्त प्रति देखाएको असंहिष्णुता र निर्ममता पूर्वक गरिएको सेन्सरसीपको अवज्ञा गर्ने चुनौती दिएका छन् ।हङ्कङ्गमा प्रर्दशनको पुर्वतयारी गरिसकेको अवस्थामा सेन्सर बोर्डले इतिहासिक तथ्यमा आधारित तथा सुदुर पश्चिमका किसान क्रान्तिकारी नेता सहिद भिमदत्तको जीवनीमा आधारीत रहेर निर्माण गरिएको सो चलचित्रको सेन्सर पास गर्न आनाकानी गरिरहेको अवस्थामा बाध्य भई हचुवामा सेन्सर गरिएको चलचित्र लिएर प्रर्दशनका लागि उत्ता लाग्नु परेको थियो ।

1544234_459779470818763_1604441321_n

हङ्कङ तथा ग्वान्जाव स्थिीत नेपालीहरुको सहयोगमा चलचित्र प्रर्दशन गरिने वातावरण बनाइएको थियो । यस दौरानमा हङ्कङ्को युङलुङ थिएटरमा समेत गरी दुइ स्थानमा चलचित्रको प्रर्दशन गरियो भने चिनको भब्य ब्यापारिक सहर ग्वान्जावको दुइ स्थानमा समेत प्रर्दशन गरिएको थियो ।चीनमा  नेपाली चलचित्र प्रर्दशन गरिएको यो नै पहिलो चलचित्र भएको निर्माता खडकाको दावी रहेको छ । करिब एक महिना लामो चीन यात्रा पछि नेपाल फर्किनु भएका निर्माता खड्काले भन्नु भयो “चलचित्र इतिहासिक तथ्यमा आधारित रहेर निर्माण गरिएको हो । यसमा कुनै पनि इतिहासिक तथ्यलाई तोडमोड् गरिएर काल्पनिकतामा ढालिएको छैन । न त यसमा अश्लिलता र नग्नता प्रर्दशन गरिएको छ । न कुनै छाडा शब्दहरुको सम्वाद नै रहेको छ । यो त राष्ट्र प्रति सर्मप्रित योद्धाको सम्मानका लागि उहाँ कै जीवनीमा आधारीत चलचित्र हो । यस्तो परिस्थीतीमा निर्मम र बलात रुपमा सेन्सर गरिएको चलचित्र प्रर्दशन गर्नु भनेको सम्पुर्ण न्याय प्रेमी नेपालीहरुलाई गुमराहमा राख्नुका साथै सहित प्रति अपमान गर्नु हो । तसर्थ यस्तो अन्याय हामी गर्न चाहनौं । हामीले सेन्सर पुर्व कै “रोल” लाई प्रयोग गरेर चलचित्र प्रर्दशन गर्ने छौं । यसको लागि हामी जस्तो सुकै चुनौतीको सामना गर्न पनि तयार छौं”।

1579902_459780197485357_2005194609_n

सहिद भिम दत्त पन्तले १९५० को नेपाल र ब्रिटिस इन्डिया बिच गरिएको राष्ट्रघाती सन्धीको तुरुन्त आलोचना गर्नुका साथै त्यसको प्रतिकारका लागि दुबै राष्ट्र बिरुद्ध होमीएका थिए । सुदुर पश्चिमका किसान आन्दोलनको नेतृत्व गरिरहेका सहिद भिम दत्तलाई तत्कालिन राणा सरकारले सिंग–पुच्छर केहि फेला पार्न नसके पछि उनलाई नियन्त्रणमा लिन तथा आन्दोलन दबाउन भारतिय सेनाको सहयोग लिनु परेको थियो । अन्ततः भारतिय सेनाले उनलाई नियन्त्रणमा लिइ हत्या गरी टाउको समेत गींडेर बाँसको टुप्पामा छुन्ड्याई बजारमा खुल्ला प्रर्दशन समेत गरेका थिए । साथै उनको साथमा रहेको करीब ७ सय क्रान्तिकारी किसान योद्धाहरुको समेत त्यतीबेला नै हत्या गरिएको अनुमान समेत गरिंदै आइरहेको छ ।

1962638_10200963866373898_657099807_n

प्रवासी नेपालीहरु रहँदै आइरहेको खाडी तथा युरोपेली राष्ट्रहरुमा समेत चलचित्र प्रर्दशनका लागि माग भइरहेको जानकारी दिनु हुँदै त्यस पुर्व नेपालको सुदुर पश्चिमका क्षेत्रहरुमा चलचित्र प्रर्दशन गरिने पनि निर्माता खडकाले बताउनु भएको छ । चलचित्रका निर्देशक हिम ग्याप टासी लामा भने अमेरिकामा प्रचार प्रसारका लागि एक महिना देखी ब्यस्त रहदै आइरहनु भएको छ । उहाँले अमेरिकाको ओस्कार हलमा समेत चलचित्रको पोष्टरहरुको प्रर्दशन र आगन्तुहरुको हात–हातमा पर्चा वितरण कार्य समेत गर्नु भएको थियो । साथै अमेरिकाका केहि स्थानहरुमा चलचित्र प्रर्दशन गरिने तयारी गरिरहनु भएको समेत जानकारी गउानु भएको छ ।
बिदेशमा समेत ब्यापक प्रचार गरिएको यस ऐतिहासिक चलचित्रको चिनमा भएको प्रर्दशनबाट करिब २५ लाख रुपैंया संकलन भएको समेत निर्माता खडकाले बताउनु भएको छ । स्मरण रहोस् सुदुर पश्चिमका यी क्रान्तिकारी योद्धा सहिद भिमदत्तलाई विस २०१० श्रावण १७ गते हत्या गरिएको थियो भने नेपाल सरकारले हाल सम्म पनि औपचारिक रुपमा सहिद घोषणा गरेको छैन ।

1962698_703140633069549_1274595213_n

ऐतिहासिक तथ्यमा आधारित चलचित्र भिम दत्तको कलाकारहरु नवल खडका, निशा अधिकारी, सुमीना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी, कविता शर्मा, एमएस अगराज, सन्जय खतिवडा, लय संग्रौला, उत्तम केसी, रवी गीरी, वीएस राना लगायतका रहेका छन् । गोल्डेन आइ फिल्म प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक हिमग्याप टासी लामा हुन । शिवंम अधिकारीको पटकथा संवाद रहेको यस चलचित्रको द्धन्द्ध निर्देशन हिमाल केसीले गर्नु भएको छ भने कथा मणी थापाको रहेको छ । राजेश पायल राई र सत्य कला राई(खड्का)को सुमधुर स्वर दिनु भएको छ भने शब्द तथा संगीत मणी थापा कै रहेको छ ।

Namaste Filmy

Read Previous

अष्ट्रेलियाबाट ‘ऋतु’को प्रदर्शनको लागि नेपाल आएका निर्माता अशोक गौतम म्युजिक भिडियो निर्देशन गरेर फर्कदै

Read Next

विश्वकप फुटबलको लागी सकिराले गाइन ला ला ला ।(गीत सुन्नुहोस)