विश्वकप फुटबलको लागी सकिराले गाइन ला ला ला ।(गीत सुन्नुहोस)

[dropcap]बि[/dropcap]श्वचर्चित कोलम्बियन पपस्टार सकिराले अगामी बिश्वकप फुटबल २०१४ लाई लक्षित गर्दै एउटा गीत तयार पारेकी छिन । यसअघि वाका वाका भन्दै बिश्वलाई नै फुटबलमय बनाएकी यी गायिका ले यसपटक भने ला ला ला बोलको गीत सार्वजनिक गरेकी हुन ।सकिराकै गीत संगीतमा तयार पारिएको यो गीत डेयरको संशोधित भर्सन हो । हाललाई गीतको अडियो मात्र सार्वजनिक भएको यस गीतको भिडियो भने केहि समयपछि सार्वजनिक हुने अन्तराष्टिय अनलाइन हरुमा उल्लेख छ । यसअघि बिश्वकपको गत सिजनमा उनले गाएको गीत वाका वाका ए ए ले संसारभर तहल्का मच्चाएको थियो । ला ला ला ले कतिको धूम मच्चाउने हो हेर्न बाकि छ । तर युटुबमा भने यो गीतलाई क्लीक गर्नेहरुको संख्या अत्याधिक मात्रामा पुगिसकेको छ ।shakiraसकिरा फुटबलप्रेमी गायिका को रुपमा चिनिन्छ । उनले फुटबलको गीत मात्र गाएकी छैनन, स्पेनी टोलीको फुटबलर संगको डेटमा समेत रमाइलो गरिरहेकी छिन । स्पेनको खेलाडि जेरार्ड पिकसंग लामो समयदेखि रीलेशनमा रहेका ३७ बर्षीय सकिराको एक सन्तानसमेत छन ।

Namaste Filmy

Read Previous

भिमदत्तका निर्माता खड्काले सेन्सरसीपको अवज्ञा गर्ने चुनौती…चीनमा प्रर्दशन हुने भिमदत्त पहिलो नेपाली चलचित्र

Read Next

अति भएपछि सन्नी लियोनलाई देशनिकाला गरिनुपर्ने माग ।