अति भएपछि सन्नी लियोनलाई देशनिकाला गरिनुपर्ने माग ।

[dropcap]पो[/dropcap]र्नस्टार सन्नी लियोनको मुख्य भुमिका रहेको फिल्म ‘रागिनी एम एम एस २’ यतिबेला प्रदर्शन भइरहेको छ । तर फिल्म हेरिसकेपछि भारतका विभिन्न संगठनहरुले फिल्ममाथी नै प्रश्न चिन्ह उठाउदै विरोध गरेका छन । ती संगठनहरुले बिरोध मात्र हैन भारतमा रहेर यस्तो हर्कत मच्चाउने सन्नी लियोनलाई देशनिकालाको माग गरेका छन ।sunny-leoneहिन्दु जनजागृति संगठनको अगुवाईमा फिल्मको प्रदर्शन रोक्न र सन्नीलाई देशनिकाला गरिनुपर्ने मागहरु राख्दै भारतीय सेन्सरमा ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा फिल्मको प्रदर्शन अविलम्ब रोकिनुपर्ने अन्यथा आफ्ना कार्यकर्ताहरु बिरोधमा उत्रने जनाएका छन । उक्त संगठनले माग सुनुवाई नभएमा फिल्म हलबाहिर हंगामा गर्ने र सन्नी लाई विभिन्न शक्ति प्रयोग गरि देशनिकाला गर्ने धम्की समेत दिएका छन । संगठनका अनुसार फिल्ममा सन्नीको डायलगहरु तथा दृश्यहरु भारतीय संस्कृतिलाई आपाच्य छ । फिल्मको सुरुवात हनुमान चालिसाबाट गरिएपनि फिल्मले एक प्रकारको डर उत्पन्न गराउने र अश्लीलतालाई बढाउने खालको रहेको बिरोधकर्ताहरुको भनाई छ । उनीहरुले यस्तो घीनलाग्दो फिल्ममा हनुमान चालिसाको प्रयोग गरिनुले पनि हिन्दुहरुको भावनामा ठेस पुगेको बताइएको छ ।

यसअघि फिल्म प्रदर्शन हुनुपुर्व पनि बजरंग दलले ब्यापक बिरोध गरेको थियो । त्यस्तै भोपालमा पनि सन्नी को बिरुद्ध नारवाजी गरिएको थियो । लियोन गत आइतबार मात्र नेपाल आएर दुई दिन बसेर फर्किएकी थिइन ।

Namaste Filmy

Read Previous

विश्वकप फुटबलको लागी सकिराले गाइन ला ला ला ।(गीत सुन्नुहोस)

Read Next

तामाङ चलचित्र संघ र अखिल भारतिय तामाङ बौद्ध संघ बिच अन्तरक्र्रिया सम्पन्न ।