सुटिङको लागी रेडी भयो 'कुर्बान' । १७ गतेबाट फ्लोरमा जाने ।

 [dropcap]यु[/dropcap]वा निर्देशक बेद प्रसाद भुर्तेलको निर्देशन रहने फिल्म ‘कुर्बान’ फ्लोरमा जानको लागी रेडि भएको छ । साइनिङ मून फिल्मसको प्रस्तुतीमा प्रेम तामाङको निर्माणमा बन्न लागेको एक्सन फिल्म आउदो चैत्र १७ गतेबाट फ्लोरमा जानेछ । बुधवार फिल्मको सम्पुर्ण गीतको रेकर्डिङ सकाएपछि आफुहरु फिल्मको सुटिङमा जानको लागी तयार भएको निर्देशक बेद प्रसाद भुर्तेलले बताए । बुधबार फिल्मको छयांकन मिति घोषणा संगै फिल्मको एक नया पोस्टर पनि सार्वजनिक गरिएको छ ।kurbaan
दक्षिण भारतीय फिल्ममा जस्तो फास्ट फाइट समेटिने फिल्ममा अहिलेका ब्यस्त नायकहरु सबिन श्रेष्ठ, प्रज्वल गिरी, अभय चन्द लगायत राकेश गिरी, जेनी कुंवर, सोनिया शर्मा, कमल कृष्ण आदी कलाकारहरुको मुख्य भुमिका रहनेछ । निर्देशक भुर्तेलका अनुसार फिल्म कुर्बानमा  यसअघि रेखा थापाको फिल्म ‘हिम्मतवाली’मा ब्यस्त रहेका अधिकांश कलाकार तथा प्राविधिक रहनेछन । सुदुरपश्चिममा ‘हिम्मतवाली’को छयांकन सकिएलगतै क्यामेरामेन, द्धन्द निर्देशक, एसिस्टेन्ट डाइरेक्टर का साथै केहि कलाकारहरु समेत कुर्बानको काममा ब्यस्त हुन लागेका हुन । निर्देशक बेद प्रसाद भुर्तेलकै कथा रहेको फिल्ममा रामशरण उप्रतीको छयांकन, चन्द्र पन्तको द्धन्द, टंक बुढाथोकिको संगीत तथा कविराज गहतराजको नृत्य रहनेछ । करिब १ महिनाको सुटिङ सेडयुल रहेको फिल्मको बजेट करिब ५० लाख हुनेछ ।

Namaste Filmy

Read Previous

तामाङ चलचित्र संघ र अखिल भारतिय तामाङ बौद्ध संघ बिच अन्तरक्र्रिया सम्पन्न ।

Read Next

हाम्रो स्वभाव दर्शक मैत्री बनाउनु पर्दछ ः नायक अभय चन्द