बलिउड कलाकारको नेपाल प्रेम । अर्शद वारसी नेपाल आउदै ।

[dropcap][/dropcap]लिउड अभिनेत्री तथा पोर्नस्टार सन्नी लियोन नेपाल भ्रमणमा आएको खबर नसेलाउदै बलिउडका ख्यातिप्राप्त अभिनेता अर्शद वारसी पनि नेपाल भ्रमणमा आउने भएका छन । अर्शदले बुधवार टवीट गर्दै नेपाल आउने खुलासा गरेका हुन । उनले आफनो १५ दिने पदयात्राका क्रममा नेपाल आउन लागेको जनाएका हुन ।Arshad-Warsi_2उनले टवीटमा उल्लेख गरेअनुसार नेपाल भ्रमण लगतै उनी आइफा अवार्डको लागी अमेरिका पुग्नेछन र त्यसपछि गुडू राङिगला फिल्मको लागी लुधियाना पुग्नेछ । यसबीचमा कुनै समय आफुसंग नरहेको र यसलाई आफु अत्यन्त रुचाउने उल्लेख छ ।
सन १९९६ बाट बलिउड प्रवेश गरेका यी ४५ बर्षीय अभिनेत बलिउडका राम्रा अभिनेतहरुमध्य गनिन्छन । मुन्ना भाई एम बी बी एस बाट निकै चर्चा कमाएका यी हिरो ले कयौ बलिउड फिल्महरुमा अभिनय गरिसकेका छन ।
स्मरण रहोस केहि दिन अघि मात्र अभिनेत्री तथा पोर्नस्टार सन्नी लियोन पनि आफना पति संगै नेपाल भ्रमणमा आएकि थिइन । उनी दुई दिन नेपाल बसेर फर्किएकि थिइन ।

Namaste Filmy

Read Previous

हाम्रो स्वभाव दर्शक मैत्री बनाउनु पर्दछ ः नायक अभय चन्द

Read Next

के रियल लाइफमा पनि भिलेन नै हो त दिनेश शर्मा ?