प्रदर्शनको लागी तयार चलचित्र 'माई प्रमिश' ।

[dropcap]बि[/dropcap]देशमा रहेका नेपाली लाहुरेहरुको कथालाई मुख्य बिषयबस्तु बनाई निर्माण गरिएको फिल्म ‘माई प्रमिश’ अब प्रदर्शनको लागी तयार भएको छ । फिल्मलाई अहिलेका ब्यस्त निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन ।my-promisrटी एन आर जी फिल्मसको ब्यानरमा टंक लिम्बु निर्माता रहेको फिल्ममा रमेश चन्द्र राई, के की अधिकारी, नर कुमार लिम्बु, विल्सन बिक्रम राई, अनुराग कुँवर, दया राई, शोभा सुब्बा, मार्टिन खान, अन्जना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपाली फिल्ममा सानै देखिको झुकाव र बिदेशमा बस्दा पनि नेपाली कला तथा संस्कृति प्रतिको मायाले गर्दा नै आफुहरुले फिल्म निर्माण गरेको फिल्मका निर्माता समेत रहेका सिगापुरे लाहुरे एवं फिल्मका मुख्य नायक रमेश चन्द्र राई ले बताए । रमेश संगै फिल्मका अर्का नायक नर कुमार लिम्बु पनि सिंगापुरे लाहुरे हुन ।my-promisकरिब ७० लाखको लगानीमा निर्माण सम्पन्न गरिएको फिल्मको ६० प्रतिशत छयांकन सिंगापुरकै विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । बलिउडका थुप्रै फिल्महरुमा देखिने आकर्षक लोकेशनहरुमा खिचिएको फिल्म ‘माई प्रमिश’को केहि महिना अघि सिंगापुरमा च्यारिटि शोसमेत गरिसकीएको छ । उक्त शो बाट दर्शकहरुले अत्यन्त राम्रो प्रतिक्रिया दिएको नायक रमेश चन्द्र राईको भनाई छ । त्यस्तै फिल्मको अन्य ओभरसिज प्रदर्शन को लागी पनि कुरा भइरहेको रमेशले जनाए ।

अगामी जेठमा देशभर प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको सम्पादन बनिश शाहले गरेका हुन भने फिल्ममा महेश खडका को संगीत, रोशन श्रेष्ठको द्धन्द तथा गोविन्द राईको नृत्य रहेको छ ।  फिल्मलाई सेन्सर बोर्डले पी जी सर्टिफिकेट दिइसकेको छ ।

Namaste Filmy

Read Previous

के रियल लाइफमा पनि भिलेन नै हो त दिनेश शर्मा ?

Read Next

चलचित्र 'माया गर ल' ले पायो पि जी सर्टिफिकेट ।