चलचित्र 'माया गर ल' ले पायो पि जी सर्टिफिकेट ।

[dropcap][/dropcap]गामी बैशाख १९ गतेबाट अलनेपाल प्रदर्शनमा आउने चलचित्र ‘माया गर ल’ लाई सेन्सर बोर्डले पी जी सर्टिफिकेट दिएको छ । फिल्म हेरिसकेपछि फिल्मभित्र विभिन्न डरलाग्दो दृश्यहरु रहेको भन्दै सेन्सर बोर्डले पी जी प्रमाणपत्र दिएको निर्देशक मदन घिमिरेले बताए ।maya gara laबोगटेश्वर फिल्म प्रोडक्सनको दोस्रो प्रस्तुतिमा रामकेशर बोगटिले निर्माण गरेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन । फिल्मको निर्माताहरुमा मनोज घिमिरे र रविन बोगटी रहेका छन । फिल्ममा मुकेश ढकाल, भुपेन चन्द, सौजन्य सुब्बा, ऋचासिंह ठकुरी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । शिवम अधिकारीको लेखन, सुरेश अधिकारीको संगीत, शम्भु सापकोटाको छयांकन, रोशन श्रेष्ठको द्धन्द रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन । फिल्मको सार्वजनिक गरिएको गीत तथा प्रोमोलाई दर्शहरुले रुचाइसकेको छ ।

Read Previous

प्रदर्शनको लागी तयार चलचित्र 'माई प्रमिश' ।

Read Next

'युवराज'को गीत रेकर्डीङ सुरु । जेठ १५ बाट छयांकन थालिने ।