प्रदर्शन पूर्व जति नै चर्चा कमाए पनि अन्तत चलचित्र ‘मोक्ष’ चितवनमा तीन दिन पनि चल्न सकेन

माघ २७ ।
चितवन नेपाली चलचित्र राम्रो सग नचलेको वर्तमान अबस्थामा प्रदर्शन पूर्व जति नै चर्चा कमाए पनि अन्तत चलचित्र ‘मोक्ष’ केहि हलमा साफ नै हुन पुगेको छ । चलचित्र ‘मोक्ष’ जति चल्ने आशा गरेका थिए तेस्को तुलनमा हलमा फिल्म चल्दा चलचित्र हेर्ने दर्शक नआउदा चितवनको राम्रो मानिएको चलचित्र भबन इन्द्रदेव चलचित्र मन्दिरमा तीन दिन पनि राम्रो सग चल्न सकेन । शुक्रबारबाट प्रदर्शनमा चलचित्र ‘मोक्ष’ हेर्ने दर्शक एकदमै कम मात्रामा आउदा तीन दिनमा नै फिल्म फेर्न परेको हलका संचालक मुक्ति प्रियाले नमस्तेफिल्मीलाई जानकारी दिनु भयो । उहाले आफ्नो हलमा आहिले सम्म चलेको सम्भावना बोकेको फिल्ममा ‘मोक्ष’ नै हो जसमा यति कम मात्रामा चलचित्र हेर्न दर्शक हलमा आएको भन्दै फिल्मको प्रचार प्रसारको कमीले पनि यस्तो भएको हुन सक्ने बताउनु भयो ।1508568_416901668412550_991832962_nचलचित्र चल्नु अघि चलचित्रका निर्माता सुनील मानन्धरले मेरो फिल्मले दुई दिनमा १ करोड अवश्य ग्रस गर्ने छ भनेर जतिनै गफ दिए पनि अन्तत फिल्म साफ नै भएको छ । आफ्नो चलचित्र चलि रहदा आफ्नै घर चितवन रहेकी नायिका बेनिश हमाल सग आखिर किन फिल्म चलेन यसरि तीन दिनमा नै फेर्नु परो भनेर सोध उहाले चलचित्र एकदमै राम्रो बनेको र हेर्ने जतिको राम्रो प्रतिक्रिया आएको भए पनि चलचित्रको बारेमा राम्रो सग प्रचार प्रसार गर्न र चलचित्रको बारेमा सबैलाई जानकारी नहुदा यस्तो भएको जानकारी दिनु भयो । मेरुदण्ड पक्षघात भएका निर्देशक प्रविन श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मोक्ष’ मा कोशिस क्षेत्री र बेनिशा हमालको मुख्य अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

केटी हेरेपछि आनन्दको निद्रा लाग्छ गजितलाई । तोरी लाहुरेको ट्रेलर (भिडियो)

Read Next

अशोक रैछन 'टाइगर द रियल हिरो' । फस्ट लुक सार्वजनिक ।