'युवराज'को गीत रेकर्डीङ सुरु । जेठ १५ बाट छयांकन थालिने ।

 [dropcap][/dropcap]छिल्लो समय निकै ब्यस्त बनेका निर्देशक राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘युवराज’ को बिहिबारबाट गीत रेकर्डिङ थालिएको छ । अर्जुन पोखरेलको संगीतमा रहने फिल्मका सम्पुर्ण गीत रेकर्डिङ कार्यको शुभारम्भ चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय ले नरिवल फोडेर गरेका हुन । राजधानीको कमलपोखरी स्थित ड्रिम्स स्टुडियोमा बिहिबार फिल्मको एक गीत ‘पाटियाला कुर्ता लगाऊ यार’को डमी रेकर्ड गरिएको हो । सो गीतलाई चर्चित गायक उदितनारायण झाले गाउदैछन ।yubarajगीत रेकर्डिङको काम सकिएलगतै फिल्म युनिट छयांकनको लागी आवश्यक तयारीमा जुटनेछन ।अन्डरवल्र्ड डनको कथामा बन्ने फिल्ममा नायक बिराज भट्ट मुख्य भुमिकामा रहनेछन । यद्यपि बिराजसंग एग्रिमेन्ट हुन भने बाकि छ, तर आउदो शनिबारसम्म मा बिराज पनि फिल्मको लागी फाइनल गरिने निर्देशक राजु गिरीको भनाई छ ।

त्यस्तै फिल्मको लागी नायिका निशा अधिकारी पनि फाइनल हुन बाकि छ । फिल्मको अन्य मुख्य कलाकारहरुको रुपमा शुभेच्छा थापा, पुजना स्त्री, जी के शर्मा आदी फाइनल भइसकेका छन । एभरेष्ट इन्टरनेशनल इन्टरटेन्टमेन्टको ब्यानरमा नायक जि के शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक राजु गिरीकै कथा रहनेछ भने सरोज प्याकुरेलको पटकथा रहनेछ । त्यस्तै फिल्ममा अर्जुन पोखरेलको संगीत, संजय लामाको छयांकन तथा रोशन श्रेष्ठको द्धन्द रहनेछ । करिब डेढ करोड लगानी रहने भनिएको फिल्मको ७० प्रतिशत भन्दा बढि छयांकन दुबईमा गरिनेछ । निर्देशक गिरको अनुसार फिल्मको छयांकन अगामी जेठ १५ बाट थालिनेछ ।

Namaste Filmy

Read Previous

चलचित्र 'माया गर ल' ले पायो पि जी सर्टिफिकेट ।

Read Next

फिल्म 'राहादानी'को प्रोमो, पोस्टर तथा गीत सार्वजनिक ।