फिल्म 'राहादानी'को प्रोमो, पोस्टर तथा गीत सार्वजनिक ।

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र राहादानीको फस्ट लुक स्वरुप पोस्टर, प्रोमो तथा फिल्मका गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीको कलंकि हलमा एक कार्यक्रमको आयोजना गर्दै पोस्टर, प्रोमो तथा गीत सार्वजनिक गरिएको हो ।rahadani
चलचित्र लाई लामो समयदेखि पत्रकारिता गर्दै आइरहेका सञ्चारकर्मीै डब्बु क्षेत्रीले निर्देशन गरेका हुन । यो उनको डेब्यु फिल्म हो । लक्ष्मी प्रसाद ढकालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता नैनु शमशेर जबरा हुन भने निर्माता हरुमा सुस्मा ढकाल, रम्भा पाण्डे, कृष्णचन्द्र झा तथा रियाना रहेका छन । फिल्ममा अहिलेका ब्यस्त कलाकार दयाहाङ राईका साथमा अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल,बिनिता घिमिरे, सृजना सुब्बा संगै सञ्चारकर्मी दिनेश दुलाल लगायतको अभिनय रहेको छ ।
फिल्मका गीतहरुमा बसन्त सापकोटा, चेतन सापकोटा, जुगल डंगोल र गैरे सुरेशको संगीत रहेको छ । फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन भने फिल्ममा रोशन श्रेष्ठको द्धन्द, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन तथा राजु शाहको नृत्य रहेको छ । यसअघि चैत्र २८ गते रिलिज गरिने भनिएपनि हाल आएर फिल्मको रिलिज अन्यौलमा छ । निर्माण पक्षको भनाईअनुसार देशभरको सबै जिल्लामा च्यारिटी शो गरिसकेपछि मात्रै फिल्म रिलिज गरिने बताइएको छ । फिल्मले सेन्सर बोर्डबाट युनभर्सल सर्टिफिकेट प्राप्त गरिसकेको छ ।

Namaste Filmy

Read Previous

'युवराज'को गीत रेकर्डीङ सुरु । जेठ १५ बाट छयांकन थालिने ।

Read Next

फ्राइडे रिलिज : "झेली"