फ्राइडे रिलिज : "झेली"

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात चैत्र १४ गते चलचित्र “झेली” प्रदर्शनमा आएको छ ।
यसपटकको फ्राइडे रिलिजमा रहेका चलचित्र “झेली” को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ :
1150418_476960642400040_340066921_n
कमल दाहालको निर्देशन रहेको चलचित्र “झेली” फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आएको छ ।भेषमान श्रेष्ठले निर्माण गरेको चलचित्र “झेली”को क्रियटिभ डिरेक्टर भने मुस्कान ढकाल रहेका छन् । शबनम मुखियाको छायांकन .रोशन लामिछानेको सम्पादन .चन्द्र पन्त र सोनाम लामाको दन्द,कविराज गहतराजको नुत्य ,सुर्य किरण लामाको संगीत रहेको चलचित्र “झेली” अमररत्न प्रोडक्सनको ब्यानरमा राम कृष्ण महर्जन,रत्नमाया श्रेष्ठ र सुन्दर बहादुर खत्री मिलेर निर्माण गरेका हुन् ।निर्माता भेषमान श्रेष्ठको कथा रहेको चलचित्रमा अनिल थापा,सुब्रिना कार्की,बिष्णु रिजाल , अस्कर शर्मा ,दिपाशा बिसी,गिता अधिकारी आदिको अभिनय रहेको छ ।

तेस्तै  फ्राइडे रिलिज अन्तर्गत भोजपुरी फिल्मलाई नेपालीमा डब गराएर आज बाट नै देशका केहि सिनेमा घरहरुमा प्रदर्शनमा आउने भएका छन् ।यसरि खुले यम २/३ लाखमा भोजपुरी फिल्म किनेर नेपाली फिल्मलाई डुबाउने खेल भएकोले नमस्ते फिल्मीले तेस्त फिल्मको बारेमा दर्शकलाई कुनै जानकारी समेत न दिने  यस्तो कार्य रोक्न अनि तेस्त दलालको भंडाफोर गर्न सधै तयार रहने छ ।

Namaste Filmy

Read Previous

फिल्म 'राहादानी'को प्रोमो, पोस्टर तथा गीत सार्वजनिक ।

Read Next

‘हिम्मतवाली’को टिम 'कुर्वान'मा गीत रेकर्डिङ सकियो