‘हिम्मतवाली’को टिम 'कुर्वान'मा गीत रेकर्डिङ सकियो

बेदप्रसाद भुर्तेलको निर्देशन रहने चलचित्र ‘कुर्वान’को गीत रेकर्डिङ  सकिएको छ  ।चारवट गीत समावेश गरिएको चलचित्र ‘कुर्वान’  एक्सन प्रधान चलचित्र हो  ।काठमाण्डौको ड्रिम्स स्टुडियोमा बुधबार र बिहिबार चलचित्रको गीतको  रेकर्डिङ गरिएको थियो । चलचित्र ‘कुर्वान’ मा जुना प्रसाई,टंक बुढाथोकी स्वर  रहेको छ भने  गीत दयाराम पाण्डेले लेखेका हुन् ।
1493254_605830966174559_1277209923_n
टंक बुढाथोकीको संगीत रहेको चलचित्र ‘कुर्वान’मा नायिका रेखा थापाको चलचित्र  ‘हिम्मतवाली’ का अधिकांश कलाकार तथा प्राविधिक रहनेछन  ।सुदुरपश्चिममा ‘हिम्मतवाली’को  छायांकन सकिएलगतै क्यामेरामेन, द्धन्द निर्देशक, एसिस्टेन्ट डाइरेक्टर का साथै केहि कलाकारहरु समेत कुर्बानको काममा ब्यस्त हुन लागेका हुन । निर्देशक बेद प्रसाद भुर्तेलकै कथा रहेको फिल्ममा रामशरण उप्रतीको छयांकन, चन्द्र पन्तको द्धन्द, टंक बुढाथोकिको संगीत तथा कविराज गहतराजको नृत्य रहनेछ ।
1939653_298905170262840_720708381_n
सबिन श्रेष्ठ, अभय चन्द ,प्रज्जवल गिरी, , बिना श्रेष्ठ ,सोनिया शर्मा, जैन कुँवर ,कमलकृष्ण, उमेश उप्रेती, पुस्कर भट्ट  आदिको अभिनय रहने चलचित्र ‘कुर्वान’ लाई युवा निर्माताहरुले निर्माण गर्दै छन् ।साइनिङ मून फिल्मसको प्रस्तुतीमा प्रेम तामाङ र नारायण भण्डारी मिलेर गरेका हुन् भने रोचक कुरा के छ भने यी चलचित्रका निर्माताहरु उमेरमा बिस वर्ष पनि पुगेका छैन् यस्ता युवा निर्माताले निर्माण गरेको चलचित्र राम्रो सग चलेको अवस्थामा भोलिका दिनमा निरन्तर चलचित्र निर्माण गर्ने चलचित्रका निर्माता प्रेम  तामाङले नमस्ते फिल्मीलाई बताउनु भयो ।फिल्म आउदो चैत्र १७ गतेबाट फ्लोरमा जानेछ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : "झेली"

Read Next

नेपाली चलचित्र क्षेत्रले राम्रा संभावनाहरु बोकेको छ : कथाकार शिवम अधिकारी