गायिका 'मञ्जु महत'को अवस्थामा क्रमिक सुधार ।

Manju mahat[dropcap]बि[/dropcap]हिबार दुर्घटनामा परि गम्भिर घाइते हुन पुगेकि चर्चित लोक तथा दोहोरी गायिका मञ्जु महतको अवस्थामा केहि सुधार आएको बताइएको छ । अस्पताल स्रोतलाई उदधृत गर्दै गायक यमन रोकाले मञ्जुको अवस्था सामन्य रहेको र शुक्रबारको तुलनामा धेरै ठिक भइसकेको बताए । गायक  रोकाका अनुसार हाल उनको स्वास्थ्य अवस्था नर्मल भइसकेको र अब कुनै खतरा नरहेको बुझिएको छ । शनिबार बिहानैसम्म मन्जुको अवस्था अत्यन्तै नाजुक बनेपछि राजधानीको ग्रान्डी अस्पातालमा आफन्त तथा कलाकर्मीहरुको भीड लागेको थियो ।
मञ्जु बिहीवार दिउसो साढे दुई बजे काठमाडौंको ठमेलबाट गीत रेकर्डिङका लागि मालश्री स्टुडियो जानेक्रममा गल्कोपाखामा बाइक दुर्घटनामा परेकी थिइन ।
दुईवटा माइक्रोले बीचमा परेर दुर्घटनामा परेका उनको देब्रे खुट्टा काटिएको  छ । स्कुटीमा सवार उनलाई दुर्घटना हुनासाथ तत्काल उपचारका लागि मनमोहन मेमोरियल हस्पिटल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि शिक्षण हस्पिटल लगिएको थियो । त्यहाँ पनि उनको उपचार हुन नसकेपछि टोखास्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा रिफर गरिएको थियो । हाल ग्रान्डी अस्पातालमा उपचार गराइराखेका मञ्जुको अवस्था सामन्य रहेको जनाउदै चिन्ता नलिन चिकित्सकहरुले आग्रह गरेका छन ।
उनलाई बा १ ज ९२१३ को माइक्रो र अल्फाबेट खुल्न नसकेको हाइस २०७१ ले ठक्कर दिएका थिए । दुइवटै गाडी र चालकलाई सोह्रखुट्टे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।manju
चर्चित गायिका मञ्जु केही दिनअघि मात्रै ‘सोह्र दुना आठ’ नामक गीत सार्वजनिक भएको थियो । पोखरा घर भएकि उनी हाल आफना पति र एक छोरा संगै काठमण्डौमा बस्दै आएकि थिइन ।

Namaste Filmy

Read Previous

'धूम' मच्चाउने पालो अब सलमान खानको ।

Read Next

रेखा जीवनको आखामा