विष्णु क्षेत्री दोस्रो एल्बम ‘जय नेपाल’ बजारमा गीतहरुको छायाङकन हुदै …

पछिल्लो समय नेपाली कलाकार एबम गायक गायिका विदेशिने क्रम बढ्दो छ । कमाउन जाने शिलशिलामा थुप्रै नेपाली विदेशिएका छन् । नेपालमै बसेर गीतसंगीत, सिनेमा क्षेत्रमा काम गरिरहेका व्यक्ति पनि विदेशिने गरेका छन् । तर उनीहरु नेपाली गीत संगीतलाई कहिल्यै भुल्ने प्रयास गरेका छैनन् । पछिल्लो उदाहरण बनेका चितवन ब्रह्रमानगरका गायक विष्णु क्षेत्री । पोर्चुगलमा बस्दै आएका ३२ वर्षिय विष्णु अहिले आफ्नो दोस्रो एल्बम ‘जय नेपाल’ का गीतहरुको छायाङकनमा व्यस्त छन् ।75079_287374921411137_998614081_n
उनको एल्बमा जय नेपाल, को होला, देउरालीको, यो कस्तो खेल र गाजल लाउदा बोलका गीतहरु समोवश छन् । उनले गाएका गीतहरुको गृहनगर चितवनका विभिन्न स्थानहरुमा अहिले धमाधम छायाङकनका कार्यहरु भईरहेका छन् । उनको एल्बमा समावेश दुई गीतहरु को होला र देउरालीको बोलका गीतहरुको अहिले छायाङकन भईरहेको छ ।
गीतको युवा निर्देशक विकास सुवेदीले निर्देशन गरेका छन् । को होला बोलको गीतमा नायिका अनु शाह र शुशील काफ्ले, देउराली बोलको गीतमा अहिलेका चर्चित मोडेल पउल शाह र रुविना श्रेष्ठले अभियान गरेका छन् । बुधबार उनीहरुले तोरी बारीको दृश्यमा छायाङकन गरेका छन् । बाकी गीतहरुको छायाङकन भने पोर्चुगल, स्पेन र नर्वेमा गरिने गायक विष्णुले जानकारी दिनुभयो ।
उहाले विदेशमा बसेपनि नेपाली संगीत क्षेत्र आफ्नो रुची भएकाले एल्बम निकाल्न पछि नपरेको बताउनुभयो । छायांकन स्थलमा भेटिएका युवा निर्देशक विकास सुवदीले आफूले निर्देशित म्युजिक भिडियो सफल हुने दावी गर्नुभयो । उहाले छायांकन गरिरहेको भिडियोसहित ५० भन्दाबढि म्युजिक भिडियोको निर्देशन गरेको जानकारी दिनुभयो ।
छायांकन स्थलमा भेटिएकी नायिका अनु शाह अभिनयका लागि तयार अवस्थामा थिइन् । थुप्रै नेपाली फिल्मको पर्दामा देखि सकिएकी नायिका अनु थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरि सकेकी छिन् । उनको यो करिव ४० औं म्युजिक भिडियो भएको बताउछिन् ।थुप्रै चलचित्रमा नायिका भएर अभिनय गरिकी नायिका अनु शाह चलचित्रका पर्दामा भने खासै जम्न सकिकी छैन् । संचारकर्मी लक्ष्मण सुबिदेले निर्देशन गरेको चलचित्र एउटा साथीको सुटिंगमा पनि बेस्था रहेकी नायिका अनु शाहले म्युजिक भिडियोहरुमा भने राम्रै चर्चा पाउनुको साथै निकै बेस्था पनि हुन थालेकी छिन् । म्युजिक भिडियोमा अभिनय गर्न सजिलो र छिट्टै बजारमा आउने भएकाले पनि आफू बढि म्युजिक भिडियोमा काम गरेको बताउनुभयो ।
हरि हुमागाईले छायांकन गरिरहेका सो दुई वटा म्युजिक भिडियो निर्माण गर्न जम्बो टोलि सहित चितवन आएका हुन् । चितवनको रमणीय ठाउँ सौराहा, बिस हजार ताल लगायतमा सुटिंग गरि रहेको सो म्युजिक भिडियो निर्माण गर्दा तिन लाख भन्दा बढि खर्च हुने गायक विष्णु क्षेत्री फिल्मी अपडेटलाई जानकारी गराउनु भयो ।

Namaste Filmy

Read Previous

कालो पोथीलाई ५५ लाख

Read Next

सकिरा र रिहन्नाको कान्ट टु रिमेम्बर