रेखा जीवनको आखामा

पछिल्लो समय पटक पटक विवादमा आइरहने निर्देशक शोभित बस्नेतको निर्देशन रहेको फिल्म जाऊ हिड पोखराको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भावअनुसार अहिलेका चल्तापुर्जा नायक जीवन लुइटेल र नायिका रेखा थापा एक अर्काको मायामा चुर्लुम्म डुबेका छन ।
गीत हेर्नुहोस
 
अमित श्रेष्ठको संगीत रहेको गीतलाई थुप्तेन भुटिया र माण्डवी त्रिपाठिले गाएका हुन भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका हुन । सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको फिल्मको निर्माता राम गौतम हुन भने कार्यकारी निर्माता गणेश ढकाल हुन । फिल्ममा जीवन लुइटेल र रेखा थापाका अतिरिक्त सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्मा को साथमा निर्देशक बस्नेतको समेत अभिनय रहेको छ । फिल्ममा राजेन्दै खडगीको द्धन्द, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छयांकन रहेको छ । त्यस्तै फिल्ममा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।
376454_300688200029828_1122384425_n
रामजी पछिल्लो समय निकै ब्यस्त नृत्य निर्देशकको रुपमा कलिउडमा सक्रिय छन । नेपाली फिल्म निर्देशनबाट चलचित्रमा प्रवेश गरेका रामजीद्धरा निर्देशीत विभिन्न चलचित्र प्रदर्शनमा आइसकेको छ । उनले घातक, प्रेमिका लगायतका चलचत्रिमा निर्देशकको रुपमा काम गरेका छन भने अन्य थुप्रै चलचित्रहरुमा नृत्य निर्देशन गरिसकेका छन । उनले जाउ हिड पोखरामा गरेको काम पनि निकै राम्रो रहेको फिल्मको सार्वजनिक गीतबाटै प्रस्ट देखिन्छ । फिल्मको सार्वजनिक प्रदर्शनको मिति अगामी साउन १ गते तोकिएको छ ।

Namaste Filmy

Read Previous

गायिका 'मञ्जु महत'को अवस्थामा क्रमिक सुधार ।

Read Next

नायक रेश मरहठाले नायिका प्रियंका लाई थप्पड हानेपछि । भिडियो ।