नायक रेश मरहठाले नायिका प्रियंका लाई थप्पड हानेपछि । भिडियो ।

[dropcap][/dropcap]लचित्र ‘मेरो बेस्ट फ्रेन्ड’को स्याड भर्सनको नयां गीत रिलिज भएको छ । प्रमोद खरेलको स्वर तथा संगीत रहेको एउटा सानो बाहानामा बोलको गीतमा चलचित्रका तीन मुख्य कलाकारहरु दिवस उप्रती, रेश मरहठा र प्रियंका कार्की फिचरिङ छन । गीतलाई भुपेन्द्र खडकाले लेखेका हुन ।

हेर्नुहोस भिडियो :

चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’ म्युजिक भिडियो निर्देशनमा ख्याति कमाएका निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको दोस्रो फिल्म हो । यसअघि उनले स्वर नामक फिल्म निर्देशन गरेका थिए । फिल्ममा रेश मरहठा, प्रियंका कार्की, दिवस उपे्रती, किरण लकौल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका गीतहरुमा राजनराज शिवाकोटी, सुगम पोखरेल, प्रमोद खरेल तथा आशुशेन लामाको संगीत रहेको छ । त्यस्तै फिल्ममा बिदुर पौडेलको छयांकन, हिमाल केसीको द्धन्द तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।mero best frend
यसैबीच शनिबार ‘मेरो बेस्ट फ्रेन्ड’को अडियो कभर पनि लन्च गरिएको छ । अडियो कभर र स्याड भर्सनको एक गीत लन्च गरिए लगतै फिल्मको अफिसियल पोस्टर पनि छिट्टै लन्च गरिने निर्देशक प्रसन्न पौडेलले बताएका छन । त्रिकोणात्मक प्रेमकथामा अधारित भनिएको फिल्मको सार्वजनिक प्रदर्शनको मिति भने अगामी बर्षको बैशाख २६ गते तोकिएको छ ।

Namaste Filmy

Read Previous

रेखा जीवनको आखामा

Read Next

सकियो 'नाइके ' ।