सकियो 'नाइके ' ।

सुसन धिमिरे, पोखरा ।
[dropcap]ग्या[/dropcap]ङस्टारहरुको कथा बोकेको नेपाली फिल्म ‘नाईके’को छायाँकन सकिएको छ । तीस दिनमा फिल्मको छायाँकन सकिएको हो । फिल्मको सम्पुर्ण छायाँकन पोखरा र आसपासको रमणिय स्थानहरु मा भएको निर्माणपक्षले जानकारी दिएको छ । फिल्म ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।

10003167_603292296432199_1655283679_n

फिल्ममा लभरब्वाई आर्यन सिग्देल ग्याङस्टार ‘नाईके’को रुपमा देखिएका छन् । त्यस्तै रेम बिक, बोधराज रेग्मी र विजयराज सेन्चुरी पनि फिल्ममा ग्याङस्टार बनेका छन् । फिल्ममा सुरविना कार्की र सारिका केसी नायिका रहेका छन् । फिल्मलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् ।

‘टार्गेट अनुसार नै हामीले फिल्मको सुटिङ सकायौँ ।’ निर्देशक गुरुङले भने–‘गीत, फाईट र सिनहरु सकिएका छन्, तर अझै हामीले टाईटल गीतलाई छायाँकन गर्नेछौँ ।’ टाईटल गीतलाई उत्कृष्ट बनाउन केहि तयारी आवश्यक भएकोले त्यसको लागि समय लाग्ने उनले बताए । नाईकेको टाईटल गीतमा अहिलेसम्म नेपाली फिल्ममा नगरिएका प्रयोगहरु गरिने उनले जानकारी दिए ।
रोहन नेपाली कोरियोग्राफर रहेको फिल्ममा चारवटा गीत समावेश छन् । ताराप्रकाश लिम्बु, योगेश काजी र रमण गायक फिल्मका संगीतकारहरु हुन् । राजीव श्रेष्ठको प्रोडक्शन डिजाईन रहेको फिल्मलाई विष्णु हमाल, जगदिश खनाल, आनन्द क्षेत्री, नारायण खनाल र संगीता पराजुलीले मिलेर बनाएका हुन् । अर्जुन तिवारीले खिचेको फिल्ममा सानुकुमार महर्जनले द्वन्द निर्देशन गरेका छन् । फिल्मको निर्माण लागत ४० लाख रुपैँया रहेको निर्माणपक्षले जनाएको छ ।

1974433_603291799765582_454070766_n

Namaste Filmy

Read Previous

नायक रेश मरहठाले नायिका प्रियंका लाई थप्पड हानेपछि । भिडियो ।

Read Next

गायिका मञ्जु महतको परिवारलाई राहत माग गर्दै आन्दोलन चर्कियो । प्रहरीद्धरा लाठी चार्ज ।