बाल सेलिब्रेटीका कुरा । (साभार गरिएको)

[dropcap][/dropcap]छिल्लो समयका हिट जोडीहरु यीनै हुन । फिल्ममा उनीहरुको अभिनय होस अथवा उनीहरुको वास्तविक जीवन, प्रशंसायोग्य छ । पर्दामा देखिने यी बाल सेलेब्रेटीहरुको दिनचर्या र यीनीहरुको बारेमा वास्तविक जीवनलाई समेटेर कान्तिपुर दैनिकले आइतबारीय स्तम्भ कोपिलामा एक सामाग्री प्रकाशित गरेको छ । त्यही कोपिलामा प्रकाशित मधु शाहीको यस सामग्रीलाई नमस्ते फिल्मी डटकमले पनि जस्ताको तस्तै प्रकाशन गरेका छौ :

sugyani-joinफिल्म ‘नाइँ नभन्नु ल-२’ को यो गीत हेर्ने जो कोहीले पनि ६ वर्षे अनुभव रेग्मी र ९ वषर्ीय सुज्ञानी भट्टराईको प्रशंसा गर्न थाल्छन् । चैत २८ गते प्रर्दशन हुने फिल्मको गीत र प्रोमोबाटै अनुभव र सुज्ञानी चर्चामा आएका छन् । बालप्रेममा आधारित फिल्ममा अनुभवले शिशिर पात्रको अभिनय गरेका छन् भने सुज्ञानीले रितु पात्रको अभिनय गरेकी छन् ।

अभिनयमा राम्रो खुबी देखेरै निर्देशक विकास आचार्यले यी दुवैलाई फिल्ममा खेलाउने निर्णय गरेको बताए । ‘फिल्मले मागेजस्तै, पात्र भेटेँ,’ उनले भने, ‘अभिनयमा ठूला कलाकारभन्दा उनीहरू कम छैनन् ।’
फिल्म क्षेत्रमा चम्किँदै गएका अर्का बालकलाकार हुन्- सुजल नेपाल । तिमीहरूले ‘झोला’ फिल्म हेरेका हौलाऊ । नहेरेका भए पनि फिल्मबारे चर्चाचाहिँ पक्कै सुनेका छौ होला । त्यही फिल्ममा सुजलले गरिमा पन्तको छोरा बनेर बाल कलाकारको मुख्य भूमिका निर्वाह गरेका छन् । ११ वर्षे सुजल पछिल्लो समय राम्रो अभिनय गर्ने बाल कलाकारमध्ये गनिएका छन् ।
अनुभव नयाँ बानेश्वरमा बस्छन् । बिहान ६ बजे उठ्नु, हातमुख धुनु अनि पढ्न बस्नु उनको दिनचर्या हो । काव्य स्कुलमा पढ्ने अनुभव अभिनयमा जति उत्कृष्ट छन्, त्यति पढाइमा पनि । उनी १ कक्षाका प्रथम विद्यार्थी हुन् ।
पढाइ होस् या अभिनय जुन क्षेत्रमा लागे पनि मिहिनेतका साथ काम गर्ने अनुभवको बानी रहेको आमा कविताले बताइन् । ‘नाइँ नभन्नु ल-२’ फिल्मको सुटिङ पनि अनुभवले दसैं बिदा पारेर सकेका थिए । ‘सकेसम्म स्कुल बिदामा सुटिङ गर्छु,’ उनले भने, ‘पहिला पढ्नमै ध्यान दिन्छु ।’
यसअघि उनले ‘भिजा गर्ल’, ‘रिदम’, र ‘काली’ फिल्ममा बाल कलाकारको रूपमा अभिनय गरिसकेका छन् । अघिल्ला फिल्ममा राम्रो अभिनय गरेपछि अनुभवले ‘नाइँ नभन्नु ल-२’ मुख्य पात्रको अभिनय गर्ने अवसर पाएका हुन् । यसलगत्तै अनुभवले अभिनय गरेको अर्को फिल्म ‘आवरण’ पनि प्रदर्शन हुँदै छ । उनी बलिउड सुपर स्टार सलमान खानका फ्यान हुन् । jhola(1)
फिल्ममा अनुवभलाई नायिकाको भूमिकामा साथ दिएकी छन्- सुज्ञानीले । उनी कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीमा ३ कक्षामा पढ्छिन् । नाच्न निकै रुचाउने उनको पनि पहिलो प्राथमिकता पढाइ नै हो । उनले पनि स्कुल बिदाको समय पारेर फिल्मको सुटिङ गरेकी हुन् । फिल्म हेर्दा जति रमाइलो लागे पनि सुटिङ गर्दा कलाकारले निकै मिहिनेत गर्नुपर्ने अनुभव उनले सुनाइन् ।
उनले सुटिङ गर्दा केही रमाइला क्षण अझै सम्झिएकी छन् । सुटिङमा रुने अभिनय गर्दा उनलाई निकै गाह्रो परेको थियो रे । आँखामा गिलसिरिङ लगाएर नक्कली आँसु झार्नुपर्ने थियो । तर, सुज्ञानी गिलसिरिङको पिरोले साँच्चिकै रोइन् । सुज्ञानी भविष्यमा डाक्टर बन्न चाहन्छिन् । तर उनमा फिल्म खेल्ने चाहना पनि छ ।
चाबहिल बस्ने सुजलले चाहिँ भविष्यमा फिल्ममै करिअर बनाउने विचार राखेका छन् । कृष्ण धरावासीको कथा ‘झोला’ मा आधारित फिल्ममा सती प्रथाको दृश्य समेटिएको छ । जसमा सुजलले सती जान लागेकी आमाको दुःखी छोराको अभिनय गरेका छन् ।
फिल्मभरि उनी खाली खुट्टा देखिएका छन् ।
सुटिङका बेला खाली खुट्टा भीरबाट लड्नुपर्ने दृश्य गर्दा सुजल घाइते नै भएका थिए । उनले भुवन केसीको फिल्म ‘म तिमीबिना मरिहाल्छु’ मा पहिलोपटक अभिनय गरेका हुन् । सुजलले ‘नैना रेशम’, ‘सलाम छ मायालाई’, ‘ग्याम्लर’, र ‘अरबपति’ फिल्ममा अभिनय गरिसकेका छन् । विनायक इंग्लिस बोर्डिङ स्कुल ६ कक्षामा पढ्ने सुजल दैनिक दुई घन्टा पढाइमा ध्यान दिन्छन् । ‘झोला’ फिल्मको सुटिङ बेला ४२ दिन स्कुल बिदा लिए पनि सुजल प्रथम भए । उनी नर्सरीदेखि नै प्रथम हुँदै आएका छन् ।

साभार :कान्तिपुरको साप्ताहिक बालकोसेली ‘कोपिला’ बाट ।

Namaste Filmy

Read Previous

गायिका मञ्जु महतको परिवारलाई राहत माग गर्दै आन्दोलन चर्कियो । प्रहरीद्धरा लाठी चार्ज ।

Read Next

आगो २ को फस्ट लुक सार्वजनिक