’दमदार’को अडियो लन्च तथा प्रोमो सार्वजनिक । कार्यक्रममा रेखाको भने अनुपस्थिति ।

बैशाख २६ बाट प्रदर्शनमा आउने चलचित्र ’दमदार’ को आइतवार एक कार्यक्रमको बिच अडियो लन्च तथा प्रोमो सार्वजनिक गरिएको छ ।कमल कृष्णले निर्देशन गरेको चलचित्र ‘दमदार’ लाई सुमन बिष्ट र चन्द्र प्रसाद गौतमले मिलेर निर्माण गरेका हुन् ।
10149910_723209894395973_1917139041_n
सबिन श्रेष्ठ ,रेखा थापा ,बासु पुडासैनी, कमल कृष्ण आदिको अभिनय रहने चलचित्र “दमदार’ को अडियो लन्च तथा प्रोमो सार्वजनिक कार्यक्रममा नायिका रेखाको भने उपस्थित भने हुन सकेन । चलचित्र ’दमदार’ चन्द्र पन्तको द्धन्दनिर्देशन,सौरभ लामाको छायाँकन,कमलकृष्णको संगीत,श्रीराम महतको सम्पादन,नवराज शर्माको लेखन रहेको छ ।
IMG_7765
तेस्चलचित्र ’दमदार’ को अडियो लन्च तथा प्रोमो सार्वजनिकमा चलचित्रका निर्देशक कमल कृष्णले “जोडदार’ फिल्म निर्देशन गर्न लागेको घोषणा गरेक छन् ।अमित श्रेष्ठ, अभय चन्द, प्रज्वल गिरी, जयना कुवँर आदिको अभिनय रहने चलचित्र “जोडदार’ लाई सुमन बिष्ट र उमेश उप्रेतीले निर्माण गर्ने भएका छन् ।वराज शर्माको लेखन रहने कमल कृष्णलको सो चलचित्रमा द्धन्द भने अहिलेक चलेका द्धन्दनिर्देशन चन्द्र पन्तकै रहने छ ।चलचित्र “जोडदार’ अन्य कलाकार तथा प्राबिधिक नाम भने केहि समय पछि सार्वजनिक गरिने भएको छ ।

Namaste Filmy

Read Previous

आगो २ को फस्ट लुक सार्वजनिक

Read Next

कलाकार संघले पत्रकार संघलाई सम्मान