'आधी बाटो'को रिलिज डेट सर्यो । 'मनले मनलाई छुन्छ'लाई राहत।

फाल्गुन ९ ।

अगामी चैत्र २८ गते रिलिज गरिने भनिएको चलचित्र आधी बाटोले आफनो रिलिज डेट सारेको छ । सो मितिमा स्व. निर्देशक शिव रेग्मीको अन्तिम फिल्म मनले मनलाई छुन्छ प्रदर्शनमा आउने भएकोले उक्त फिल्मको ब्यापारमा असर नपुर्याउन रिलिज डेट सारेको निर्माता रमेश त्वयनाको भनाई छ । फिल्म अब चैत्र २१ गते रिलिज हुनेछ ।

aaaनिर्माता संघ तथा वितरक कम्पनी एफ डिको रोहवरमा फिल्मको रिलिज डेट सारेर चैत्र २१ तोकिएको हो । चैत्र २८ मा भने अब मनले मनलाई छुन्छ संगै ‘नाइ नभन्नु ल 2’ रिलिज हुनेछ । केहि साताअघि एक कार्यक्रममा स्व. निर्देशक शिव रेग्मीकी पत्नी ज्ञानु रेग्मीले मनले मनलाई छुन्छ शिव रेग्मीको अन्तिम फिल्म भएकोले सो डेटमा अरु फिल्म नजुधाइदिन सबैलाई आग्रहसमेत गरेकि थिइन । सो कुरालाई पनि मध्यनजर राख्दै ‘आधी बाटो’ युनिट फिल्मको डेट परिवर्तन गर्न सहमत भएका हुन । सबिर श्रेष्ठ निर्देशित आधी बाटोमा सबिन श्रेष्ठ, यश कुमार र जेनिशा केसी मुख्य भूमिकामा छन् ।

Namaste Filmy

Read Previous

निसाले गरिन समाचारको खण्डन । शंकर आफ्नो तेस्रो नभइ पहिलो पति भएको दाबी ।

Read Next

बलिउड सेलिब्रेटिहरुलाई फोनबाटै अनडरवल्डले दिए धम्कि ।