बलिउड सेलिब्रेटिहरुलाई फोनबाटै अनडरवल्डले दिए धम्कि ।

फाल्गुन १० ।
बलिउडमा स्थापित केहि कलाकार तथा निर्माताहरुलाई अन्डरवल्र्ड डनहरुबाट पटकपटक फोनमा धम्कि आइरहेको कुरा खुलासा भएको छ । बलिउड स्टार सलमान खान, फरहान अख्तर, निर्माता रितेश सिद्धवनी, फरहान आजमी लगायतलाई अन्डरवल्र्ड डनहरुको फोन र धम्किले हैरान बनाएको हो ।ei-156706अन्डरवल्र्ड डन रवि पुजारीले यी सेलिब्रेटिहरुलाइे धम्कि दिइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । सलमानलाई गत बर्ष नै फोनमा धम्कि आएको थियो भने भाग मिल्खा भाग हिरो फरहान अख्तर, होटल ब्यबसायी तथा निर्माता फरहान आजमी तथा निर्माता रितेश सिद्धवनीलाई यसै बर्ष बारम्बार धम्कि आइरहेको बुझिएको छ । यी सेलिब्रटिहरुले आफुलाई धम्कि आएको बारेमा क्राइम ब्रान्चमा उजुरी दिइसकेका छन र प्रहरीले छानवीन सुरु गरिसकेको छ । पटकपटक धम्कि सहितको फोन आउन थालेपछि सलमान खानले अन्डरवल्र्डसंग झगडासमेत गरेका थिए । सलमानलाई प्रत्येक घण्टा धम्कि आउने गरेको उनका सहयोगीले समेत बताए ।  यसअघि ९० को दशकमा समेत बलिउडका स्टारहरुलाई फोनमा धम्कि आएका थिए । एक्सन किङ अक्षयकुमार लगायत अन्य कयौ स्टारहरुलाई यस्ता धम्किहरु आइसकेका छन ।

Namaste Filmy

Read Previous

'आधी बाटो'को रिलिज डेट सर्यो । 'मनले मनलाई छुन्छ'लाई राहत।

Read Next

महेश भट्टको जीवनमा अधारित फिल्म बन्दै । सेक्सी हिरो इमरान मुख्य भुमिकामा ।