महेश भट्टको जीवनमा अधारित फिल्म बन्दै । सेक्सी हिरो इमरान मुख्य भुमिकामा ।

फाल्गुन १० ।
बलिउडकै सेक्सी हिरोको उपमा पाएका हिरो इमरान हासमीले नयां फिल्ममा काम गर्ने भएका छन । उनको आफ्नै मामा निर्माता तथा निर्देशक महेश भट्टको जीवनकथामा अधारित फिल्म मेरी अधुरी कहानीमा मुख्य भुमिका निभाउने भएका हुन ।Emraan-Hashmi-Mahesh-Bhattमहेशको आमाको निधन भएपछि उनका बाबाले सौतेनी आमा ल्याएको र बाबाको मृत्यु हुदा सौतेनी आमाले शवलाई घरमा ल्याउन नदिएको लगायतका आफना दुखद कहानी फिल्ममा समेटिने महेशले बताए । फिल्मको कथा स्वयम महेशले लेखिरहेका छन । फिल्मलाई मोहित सुरी ले निर्देशन गर्दैछन भने फिल्ममा इमरानको साथमा विद्या बालनको पनि मुख्य भुमिका रहनेछ । महेश भट्टको आमाको निधन सन १९९७ मा भएको थियो र आमाको निधनपश्चात महेशले फिल्म निर्देशन गर्न छाडेका थिए । उनले निर्देशन गरेको अन्तिम फिल्म जख्म थियो ।

Namaste Filmy

Read Previous

बलिउड सेलिब्रेटिहरुलाई फोनबाटै अनडरवल्डले दिए धम्कि ।

Read Next

चलचित्र भिमदत्त’को हङकङ मा शो गर्न कलाकार तथा निर्माता नवल खड्का हङकङ प्रस्थान गर्दै