अशोक रैछन 'टाइगर द रियल हिरो' । फस्ट लुक सार्वजनिक ।

केहि दिनअघि मात्र छयांकन सकाएको चलचित्र टाइगर द रियल हिरो को फस्ट लुक पोस्टर रिलिज गरिएको छ । सोमबार सार्वजनिक गरिएको पोस्टरमा आशोक फुयांललाई डरलाग्दो रुपमा प्रस्तुत गरिएको छ भने शुभेच्छा थापा र समिक्षा अर्याल लाई पनि स्थान दिइएको छ ।Tiger-the real hero_first lookशुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा काजोल गिरी निर्माता रहेको फिल्मलाई अहिलेका ब्यस्त निर्देशक राजु गिरीले निर्देशन गरेका हुन । फिल्ममा अशोक फुयाल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट, दिपक कडेल, उत्तम केसी, अमित पल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, रामजी लामिछानेको नृत्य र मुकेश हुमागाईको छयांकन रहेको छ । काठमण्डौ वरपरका विभिन्न स्थानमा करिब २० दिन लगाएर छयांकन सकाएको फिल्म अगामी बर्षको साउने सक्रान्तीमा रिलिज गरिने निर्माण युनिटको योजना छ ।

Namaste Filmy

Read Previous

प्रदर्शन पूर्व जति नै चर्चा कमाए पनि अन्तत चलचित्र ‘मोक्ष’ चितवनमा तीन दिन पनि चल्न सकेन

Read Next

Ritu – Official Theatrical Trailer