नेपाली हिरोइनको बिदेशी ब्वायफ्रेन्ड ।

[dropcap][/dropcap]गामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आधी बाटो’को हिरोइन जेनिशा केसीको ब्वायफ्रेन्ड रसियन नागरिक भएको खुलेको छ । चलचित्र ‘गिरफ्तार’बाट रजतपट प्रवेश गरकी यी हिरोइनले आफूहरु बिगत तीन बर्ष देखि प्रेममा रहेको खुलासा गरेकी हुन ।jenisha

आफु लन्डनस्थित दिदीको घर मा  गएको बेला दिदीको साथी पर्ने उक्त रसियन युवकसंग भेट भएको र त्यतिबेलादेखि नै प्रेममा रहेको उनले बताएकि छिन । उनले आफ्नो ब्वयफ्रेन्ड छिट्टै नेपाल आउने र नेपाल आएपछि एक प्रेसमिट नै गरेर सबैमाझ सार्वजनिक गर्ने बताइन । एक फरक प्रसंगमा उनले नायक बिराज भट्टसंग आफ्नो पारिवारिक सम्बन्ध रहेको पनि जनाइन । एक ताका नायक बिराज भट्टसंग तातो सम्बन्धमा रहेको हल्ला चलेपनि जेनिशाले यो कुरालाई भने सिधै नकारिन । फिल्म खेल्नको लागी पनि बिराज भट्टको सिफारिस पाउने गरेको यी हिरोइनले अहिले पनि बिराजसंग किप इन टचमा रहेको र बिराजको घरमा बेलाबेलामा जाने गरेको खुलाइन ।
करिब ७ बर्ष फिल्म नगरीमा बिताइसकेकी जेनिशा बिवाहचाहि तत्काल नगर्ने सुरमा छिन । फिल्म क्षेत्रमै केहि गर्ने र केहि सपना परा भएपछि विवाह गर्ने उनको तयारी छ ।
जेनिशा हाल फिल्म आधी बाटोको प्रचारप्रसारमा ब्यस्त छिन । उनको मुख्य भुमिका रहेको फिल्म आउदो शुक्रबारबाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

'मेरो बेस्ट फ्रेन्ड'को म्युजिकल प्रोमो रिलिज । भिडियो हेर्नुहोस ।

Read Next

बर्थ डे पार्टीमा नाङगै आइन लेडि गागा ।