ठुला भए, राजु र शुभेच्छाको छोराछोरी । भिडियो ।

[dropcap][/dropcap]छिल्लो समयका ब्यस्त निर्देशक राजु गिरी आजभोली म्युजिक भिडियोमा पनि निकै ब्यस्त बन्न थालेका छन । उनले पछिल्लो समय एक बाल गीत निर्देशन गरेका छन । सायुरी श्रेष्ठको अवाज रहेको उक्त गीतमा गिरीले निर्देशन मात्र हैन अभिनय पनि गरेका छन । गिरीसंगै नायिका शुभेच्छा थापाको पनि गीतमा अभिनय रहेको छ ।Picture1

पछिल्लो समय निकै निकट रहेका राजु र शुभेच्छा भिडियोमा श्रीमान श्रीमतिको रुपमा देखिएका छन । उनीहरुले आफ्ना बालबच्चालाई गर्ने माया तथा प्रेम भिडियोमा देखाइएको छ । पछिल्लो पटक ‘टाइगर द रियल हिरो’को निर्देशन सकाएका राजुले यसअघि पनि केहि भिडियो तथा ब्यवसायिक बिज्ञापनहरु निर्देशन गरिसकेका छन । उनी यतिबेला अर्को फिल्म ‘अर्या’ तथा ‘युवराज’को निर्देशनको तयारीमा छन । यता शुभेच्छा थापा पनि विभिन्न फिल्महरुमा अभिनयका साथै चलचित्र मिस नेपाल निर्माण गरि प्रदर्शनको तयारीमा छीन । उनले पछिल्लो समय एक बंगाली फिल्मको पनि छयांकन सकाएकि छिन ।
बालबलिका शान्तिका क्षेत्र हुन, उनीहरुलाई स्वतन्त्र रुपमा पढन लेख्न दिनुपर्छ भन्ने मुल सन्देश बोकेको गीतको शब्द लोकराज अधिकारीले लेखेका हुन । गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन ।

गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

पाटन ढोकामा बेबारिसे सडक बालक फेला परेपछी ।।।।। ( भिडियो सहित)

Read Next

'रागिनी एमएमएस २' बाट हटाइएको सेक्स सीन हेर्नुहोस । भिडियो ।