फिल्म 'टाइगर द रियल हिरो'को फस्ट लुक आयो । भिडियो ।

[dropcap]नि[/dropcap]र्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘टाइगर द रियल हिरो’ को फस्ट लुक स्वरुप एक सांगितिक प्रोमो  सार्वजनिक गरिएको छ । यसअघि अडियोमा सर्वत्र चर्चा कमाएको गीत होला र मिलन लाई प्रस्तुत गरिएको उक्त प्रोमोमा फिल्मका मुख्य पात्रहरु शुभेच्छा थापा, अशोक फुयाल र समिक्षा अर्याल फिचरिङ छन ।

हेर्नुहोस भिडियो:


फिल्ममा समावेश यस गीतले पछिल्लो समय स्रोता दर्शकको मन जितेको छ । राजु गिरीकै फिल्महरु दिलमाया, बिन्दास, बिन्दास २ लगायतका फिल्मका गीतहरु को सबै रेकर्ड तोडदै यस गीतको  सी आर बी टी मा पनि सर्वाधिक डाउनलोड भएका छन । उत्तम गौडेलको शब्द रहेको यस गीतलाई अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेलले गाएकी हुन । यसरी गीतले छोटो समयमै पाएको सफलताले फिल्मको ब्यापारमा पनि सकरात्मक सहयोग पुग्नेमा निर्माण युनिट ढुक्क छन ।tiger the real hero

फिल्मलाई शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा काजोल गिरीले निर्माण गरेका हुन । फिल्ममा अशोक फुयाल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट, दिपक कडेल, उत्तम केसी, अमित पल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, रामजी लामिछानेको नृत्य र मुकेश हुमागाईको छयांकन रहेको छ । फिल्मको प्रदर्शन मिति अगामी साउन २३ गते तोकिएको छ ।

Namaste Filmy

Read Previous

'रागिनी एमएमएस २' बाट हटाइएको सेक्स सीन हेर्नुहोस । भिडियो ।

Read Next

बक्स अफिस फिल्म अवार्डको मनोनयन सार्वजनिक । झुर फिल्मलाई पनि अवार्ड दिइने ।