बक्स अफिस फिल्म अवार्डको मनोनयन सार्वजनिक । झुर फिल्मलाई पनि अवार्ड दिइने ।

box ofice[dropcap][/dropcap]स बर्षको बक्स अफिस फिल्म अवार्ड २०७० का लागी उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । सोमबार साझ एक औपचारिक कार्यक्रमका बीच मनोनयनमा पर्ने सबैलाई प्रमाण्पत्र समेत बितरण गरिसकेको छ । जसअनुसार फिल्म ‘काली’ सर्वाधिक विधामा मनोनयनमा परेको छ । निर्माता, फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री सहित अन्य १९ विधाको मनोनयनमा ‘काली’ मनोनयनमा परेको हो ।

‘काली’ पछि फिल्म ‘छ एकान छ’ सर्वाधिक विधाको मनोनयनमा छ । फिल्म, निर्देशक, अभिनेत्री, हाँस्य कलाकार तथा खलपात्र सहित १७ विधाको मनोनयनमा परेको फिल्म परेको हो । त्यस्तै उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, गीतकार, गायक तथा गायिका गरी ‘रिदम’ १६ विधाको मनोनयनमा छ भने ‘होस्टेल’ फिल्म १२ विधाको मनोनयनमा छ ।
यता उत्कृष्ट पांच फिल्ममा ‘होस्टेल’, ‘काली’, ‘रिदम’, ‘छ एकान छ’ र ‘मायाज बार’ बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै उत्कृष्ट पाँच निर्देशकमा विकास आचार्य ‘रिदम’, दिनेश डिसी ‘छ एकान छ’, सविर श्रेष्ठ ‘काली’, श्याम भट्टराई ‘लंका’ र दिपेन्द्र के।खनाल ‘झोले’ भिडनेछन । उत्कृष्ट अभिनेतातर्फ आर्यन सिग्देल ‘महसुश’, सुमन सिंह ‘प्रेमिका’, किशोर खतिवडा ‘काली’, अर्पण थापा ‘धन्दा’ र जीवन लुइँटेल ‘रिदम’ छन् । उत्कृष्ट अभिनेत्रीको प्रतिस्पर्धामा रेखा थापा(काली) , केकी अधिकारी ‘महसुश’, नीता ढुङ्गाना ‘छ एकान छ’, झरना थापा ‘प्रेमिका’ र प्रियंका कार्की ‘झोले’ बाट मनोनयनमा परेका छन् ।
उत्कृष्ट नव निर्देशकको मनोनयनमा भने दिनेश राउत ‘आई एम सरी’, हेमराज बिसी ‘होस्टेल’, जोएस पाण्डे ‘साँघुरो’, कमल दाहाल ‘झेली’ र प्रविण श्रेष्ठ ‘मोक्ष’ छन् । त्यस्तै नवनायकतर्फ अनमोल केसी ‘होस्टेल’, कोशिस क्षेत्री ‘मोक्ष’, सुरज चिलवाल ‘ब्लयाक नाइट’, सेन सापकोटा ‘नोटबुक’ र सोहित मानन्धर ‘रीदम’ बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै नव नायिकातर्फ भने प्रकृती श्रेष्ठ ‘होस्टेल’, सिमा केसी ‘युज’, सुरविना कार्की ‘झेली’, निश्मा घिमिरे ‘रिदम’ र जस्मीन श्रेष्ठ ‘मेरो मनको साथी’ बीच प्रतिस्पर्धा हुनेछ ।box oficce jay
कुल चालिस बिधामा अवार्ड वितरण गर्न लागेको बक्स अफिसले निर्माता, पोष्टर डिजाइनर, निर्माण नियन्त्रक, वितरक, भिसिडि उत्पादन कम्पनी संगै फरक किसिमको अवार्ड झुर फिल्म अवार्ड पनि अवार्ड वितरण गर्दैछ । ०६८ सालदेखि ०७० सालको चैत्र महिनाको १५ गतेसम्ममा प्रदर्शनमा आएका फिल्म अवार्डको नोमिनेशनमा छन् ।
यही आउँदो चैत २९ गते साँझ बौद्धस्थित ह्यात होटलमा ‘बक्स अफिस फिल्म अवार्ड २०७०’ सम्पन्न हुनेछ ।

Namaste Filmy

Read Previous

फिल्म 'टाइगर द रियल हिरो'को फस्ट लुक आयो । भिडियो ।

Read Next

हाम्रा अभिभावकहरुले समेत निर्धक्क चलचित्र हेर्न सकुन :नायिका “हर्षिका श्रेष्ठ”