"कबड्डी"को ओ.एस.टी. सार्वजनिक :"माया खै कसले बुझ्यो "

बैशाख १२ देखि प्रर्दशन लागेको चलचित्र “कबड्डी”को  ओ.एस.टी.( ओर्जिनल साउन्ड ट्रयाक) सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको  ओएसटी( ओर्जिनल साउन्ड ट्रयाक)मा समाबेश “माया खै कसले बुझ्यो ” गीतलाई सुरेश कुमार क्षत्रीले गाएका छन् भने रोशन थापाको संगीत र विवेक ओझाको रचना रहेको छ ।
1901329_10154015213420637_217163251_n
रामबाबु  गुरुङ को लेखन तथा निर्देशन रहेको चलचित्र “कबड्डी”लाई निश्चल बस्नेत र सुनिल  रौनियार मिलेर निर्माण गरेका हुन्  ।पुरुषोत्तम  प्रधानको छायांकन ,निमेष श्रेष्ठ सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो:

दयाहाङ राई, रिश्मा गुरुङ र निश्चल बस्नेत मुख्य भूमिका रहेको चलचित्र  “कबड्डी” सगै नायक आर्यन  सिग्देलले निर्माण गरेको चलचित्र ‘नोभेम्बर रेन’ पनि बैशाख १२ देखि संगै प्रर्दशन आउदैछ  ।यस चलचित्रका कलाकार तथा निर्माता निश्चल बस्नेतले यस अघि सफल चलचित्र ‘लुट”को  निर्देशन गरेर राम्रो चर्चा पुन सफल भएका थिए भने अब भने उनले निर्माण तथा अभिनय गरेको चलचित्र भने कस्तो हुने छ तेस्को लागि भने  बैशाख १२ गते पछि  नै निश्चलको भाग्यको  फैसला हुने छ ।

Namaste Filmy

Read Previous

हाम्रा अभिभावकहरुले समेत निर्धक्क चलचित्र हेर्न सकुन :नायिका “हर्षिका श्रेष्ठ”

Read Next

देश र जनताको लागि जे पनि गर्न तयार छु : नायिका थापा ( भिडियो सहित )