अब 'मलेसिया'लाई पर्दामा हेर्न पाइने ।

 [dropcap]ने[/dropcap]पाली हरुको बैदेशिक रोजगारको मुख्य गन्तव्य मलेसिया अब पर्दामा हेर्न पाइने भएको छ । अर्थात मलेसिया शिर्षकमा फिल्म बन्ने भएको छ । मलेसियामा रहने नेपाली हरुको बिषयमा फिल्म बन्न लागेको हो । फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्नेछन । मलेसियामा बिगत दुई दशकदेखि ब्यबसाय सञ्चालन गर्दै आइरहेका कृष्ण कुरुवाङ फिल्मका निर्माता हुन ।malasiyaपहिलेदेखि नै फिल्म बनाउने सोच भएपनि भर्खरै मात्र फिल्म निर्माणमा हात हालेको कृष्णको भनाई छ । फिल्मको मुख्य नायिकाको रुपमा सगुन शाही फाइनल भएकि छिन । उनीबाहेकका कलाकारको नाम भने सार्वजनिक गरिएको छैन ।
४ गीत समावेश गरिने फिल्मको गीत रेकर्डिङको काम भने मंगलबारबाट सुरु गरिएको छ । फिल्मको गीतहरुमा बसन्त सापकोटाले संगीत भर्नेछन । त्यस्तै फिल्मको एक गीतमा गायक राजेशपायल राईले आवाज दिएका छन भने दिपक लिम्बु र अन्जु पन्तले पनि गीत गाउनेछन । फिल्मको छयांकन अबको चार महिनाभित्र सुरु गरिने निर्माण युनिटको भनाई छ । फिल्मको सम्पुर्ण छयांकन मलेसियाकै विभिन्न स्थानहरुमा गरिनेछ ।malasiya1

Namaste Filmy

Read Previous

बन्ने भयो 'बेस्ट फ्रेन्ड फरेभर' । लेखक र निर्देशक दुवै १९ बर्षका ।

Read Next

बर्ष २०७० मा सिनेमा बजार । ४ फिल्म हिट, १०० बढि फ्लप ।