बर्ष २०७० मा सिनेमा बजार । ४ फिल्म हिट, १०० बढि फ्लप ।

सुसन धिमिरे, पोखरा ।
susan [dropcap][/dropcap]तबर्ष जस्तै यो बर्ष पनि लगानी नउठाउने चलचित्रका सुचि निक्कै लामो रहेको छ । यो बर्ष चैतको दोस्रो साता सम्म झण्डै १ सय ८ चलचित्र हरु प्रर्दशनमा आएका छन् ।

ति मध्ये जम्मा चार वटाले मात्रै लगानि उठाएका छन् । बाँकी अरु सवैले घाटाको व्यापार गरे । पछिल्लो बैशाख महिना यता मात्रै सिनेमा उद्योगमा लगभग ८५ करोड लगानी भएको अनुमान छ । लगातार चलचित्रको असफलताले व्यवसायीक रुपमा लगानी गर्नेलाई निराश पारेको छ साथै चलचित्रकर्मीको पेशा नै अप्ठ्यारो अवस्थामा छ । केहि अघिसम्म पुरानै कथाबस्तु र निर्माण शैली भएकाले चलचित्रले हरु फल्प हुने गरेको तर्क गरिन्थ्यो । तर दुईतीन बर्षयता प्रविधि, अभिनय र कथामा निक्कै फड्को मरेको भएतापनि चलचित्र एक पछि अर्को गर्दै पनि डुवेका छन् ।

व्यवसायिक रुपमा सफल भएका लुट र चपली हाइटपछि पुरानो धार र शैलीलाइ छोडेर चलचित्र बन्दै आईरहेका छन् । तैपनि नाम चलेका अनि यो क्षेत्रमा पुराना , पाका र अनुभवि को छवि बनाएका धेरै चलचित्रकर्मीले बनाएका फिल्म हरु फ्लपको सूचिमा रहेका छन् ।

नेपाली फिल्मी पर्दामा एक महिनामा झण्डै दश भन्दा बढी चलचित्रहरु प्रर्दशनहुने गरेका छन् । यसरी संख्यात्मक रुपमा फिल्महरुको बृद्धि भइरहंदा रिलिज भएका सबैजसो चलचित्रहरु हलमा मुस्कीलै ले एक हप्था टिक्ने गरेका छन् भने केही सिनेमाहरु एक दिन पनि टिक्न सकेका छैनन् ।नेपाली फिल्म प्रेमी दर्शक हरुको मनोभाबना बिपरित चलचित्र बनेका कारण यस्तो अबस्था आएको बिश्लेषक हरु बताउंछन् ।film 2070

10157101_609681365786964_1512284023_n

उसो त बर्ष ०६९ मा पनि नेपाली चलचित्रहरुले बजार तताउन सकेका भने थिएनन् ।

अघिल्लो बर्ष पनि यो हराहारीमा चलचित्रहरु फ्लप भएका थिए । तर नेपालमा न कुनै हिरो हिरोइनका कारण चलचित्र चल्छ न त प्रविधि र प्रयोगले । त्यसैले

पछिल्लो समयमा नेपालमा चलचित्रको संख्या बढेको त छनै संग संगै,लगानी डुवाउने र कहिल्यै नेपाली फिल्मी क्षेत्रमा फर्केर नआउने निर्मार्ताको संख्या पनि ।

यो बर्ष अहिले सम्म आईपुग्दा मात्र ४ चलचित्रले मात्र लगानी उठाउन सफल भएका छन् । छ एकान छ , झोला , काली र होस्टेल । यो साता अर्थात् आगमी शुक्रबार बाट रिलिज हुन लागेको आधि बाटो र अन्तीम सातामा रिलिज हुन लागेका दुई चलचित्र नाई नभन्नु ल २ र मनले मनलाई छुन्छ को मिडिया हाइप हेर्दा यिन हरुले राम्रो व्यापार गर्ने देखीन्छ । समग्रमा यो बर्ष २०७० नेपाली चलचित्रका लागी शुभ नरहेता पनि यिनै चलचिलको व्यापारले यो र्षको सुखद् अन्त्य गर्ने देखीन्छ  ।

Namaste Filmy

Read Previous

अब 'मलेसिया'लाई पर्दामा हेर्न पाइने ।

Read Next

सेन्सरले नाई भनेनन, 'नाइ नभन्नु ल २' लाई ।