सेन्सरले नाई भनेनन, 'नाइ नभन्नु ल २' लाई ।

[dropcap][/dropcap]गामी चैत्र २८ गते प्रदर्शनमा आउने चलचित्र नाइ नभन्नु ल २ ले केन्द्रिय चलचित्र जाँच समिति सेन्सर ले यु सर्टिफिकेट दिएको छ । फिल्म हेरेपछि सेन्सरका पदाधिकारीले आखाँबाट आशु खसाल्दै सबै बर्गका दर्शकले हेर्न पाउने गरि यु सर्टिफिकेट दिएको निर्देशक बिकास आचार्यले बताउनुभयो । यु सर्टि फिकेट हात परेपछि हर्षित हुदै फिल्म भावनात्मक भएकोले एकपटक सबैको आशु खस्ने बिकासको भनाई छ । यता फिल्म हेर्दा दर्शकको आशु खसेपनि फिल्म निर्माण पक्षको भने हर्षको आशु खस्ने पक्का देखिएको छ ।Nai nabhannu la two
वान टाइम सिनेमा प्राली र एञ्जल मुभिजको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्ममा दुई बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईको मुख्य अभिनय छ । यस्तै फिल्मका मुख्य पात्र सुरज सिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी र सिताराम कट्टेल पनि हुन् । बसन्त सापकोटा र सुरेश गैरेको संगीत रहेको यो फिल्मका निर्माता दिनेश कुमार पोखरेल हुन् ।

Namaste Filmy

Read Previous

बर्ष २०७० मा सिनेमा बजार । ४ फिल्म हिट, १०० बढि फ्लप ।

Read Next

'नाइ नभन्नु ल २"पत्रकार भेटघाट कार्यक्रम बालगायक र बालकलाकारको अघि अरु कलाकार फिक्का