'नाइ नभन्नु ल २"पत्रकार भेटघाट कार्यक्रम बालगायक र बालकलाकारको अघि अरु कलाकार फिक्का

रिलिज पूर्व नै गीतले नै सबैको मन जित्न सफल चलचित्र ‘नाइ नभन्नु ल २”ले बिहिबार राजधानीमा प्रेसमिटको आयोजना गरेको थियो । यहि चैत्र २८ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको १२ बर्षे बालगायक प्रेम परियार गएका गीतको कारणले पनि अहिले धेरै चर्चामा छ । बालगायक प्रेम परियार सगै चलचित्रका बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईको अभिनयले गर्दा पनि चलचित्र ‘नाइ नभन्नु ल २” चल्नेमा सबै आशाबादी रहेका छन् ।
1977228_10202628285761089_2130297847_n
प्रेसमिट कार्यक्रममा रोमान्टिक गीत गाएका बालगायक प्रेम परियारलाई उपस्थिति सबैले ताली बजाएर समर्थन गरेका थिए ।कार्यक्रममा गायक प्रेम परियार र राजेश पायल राइले गीत गाएर माहोल तताएका थिए । विकास आचार्यको निर्देशक गरेको चलचित्र ‘नाइ नभन्नु ल २” पत्रकार भेटघाट कार्यक्रममा नायक जीवन लुँइटेल,अभिनेत्री प्रियंका कार्की,संगीतकार बसन्त सापकोटा,गायक राजेश पायल राई,सिताराम कट्टेल धुर्मुस आदिको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बालकलाकार देखि फिल्मका अन्य कलाकार लगायत चलचित्र युनिटले चलचित्र निर्माण गर्दाका कुरा सुनाउनुको साथै चलचित्र चल्नेमा ढुक्क हुदै आ-आफ्नो विचार राखेका थिए ।’नाइ नभन्नु ल २”पत्रकार भेटघाट कार्यक्रम  बालगायक र बालकलाकारको अघि अरु कलाकार फिक्का देखिएका थिए ।वान टाइम सिनेमा प्राली र एञ्जल मुभिज, अष्ट्रेलियाको संयुक्त व्यानरमा निर्माण भएको यो चलचित्र ‘नाइ नभन्नु ल २” चैत्र २८ गते बाट नेपाल र अष्ट्रेलियामा एक्कै साथ प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा दुई बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईको मुख्य अभिनय छ । यस्तै चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी र सिताराम कट्टेल ,सोहित मानन्धर, निर्दोष केसी पनि हुन् ।चलचित्रमा वसन्त सापकोटा र सुरेश गैरेको संगीत, कविराज गहतराजको नृत्य, पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन छ भने दिनेश कुमार पोखरेल र बिकाश आचार्य मिलेर चलचित्र निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

सेन्सरले नाई भनेनन, 'नाइ नभन्नु ल २' लाई ।

Read Next

'हँसिया'को अफिसियल ट्रेलर सार्वजनिक ।तामिल स्टाइलको खतरानाक दृश्यहरु (भिडियो सहित )