साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘इन्टु मिन्टु लण्डनमा’को गीत रिलिज

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को गीत रिलिज गरिएको छ । ‘थाहै भएन’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा शब्द ,सांगेत तथा स्वर स्वपन सुमनको रहेको छ ।
कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायाँकन पुरा भएको छ ।नेपालको सबै र युके छायाँकन चलचित्रको बाँकी २५ प्रतिशत, बसन्त ऋतुको अवसर पारेर चैत,बैशाखमा युकेमै छायाँकन गरिनेछ । पहिलो तालिका अन्तर्गत डिसेम्बरमा युके ‘फेस्टिभ’ सिनहरु सिनेमामा खिचिएको छ । सिनेमामा युकेका थुप्रै रमणीय दृश्यहरु पनि कैद गरिएको निर्माण टिमले बताएको छ ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
https://www.youtube.com/watch?time_continue=211&v=3W0fbuZjB-I
प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी सगै धिरज मगर, सरुक ताम्राकारको पनि मुख्य भूमिका छ ।अभिमन्यु दिक्षित र रेनषाको लेखन ,शैलेन्द्र धोज कार्कीको छायाँकन टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’ को पोष्टरको सार्वजनिक

Read Next

चलचित्र पंचायत के हो किन हेर्नु पर्छ (फोटो फिचर )