सौगातको ‘पञ्चेबाजा’हेर्न बालबालिकालाई अभिभावक चाहिने


यहि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चेबाजा’लाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले पिजी सर्टिफिकेट दिएको छ ।पिजी पाएसँगै अब फिल्म हेर्न १६ बर्षमुनिका बालबालिकाहरुका लागी अभिभावकको साथ चाहिने भएको छ ।

एक गाउँका तीन पात्रको कथाआधारित यस चलचित्रमा सौगात मल्ल कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।

न्यु भेनस फिल्मस्को व्यानरमा निर्मित सिनेमामा राजेश शाहीको लगानी रहेको छ । सारा गुरुङ सहनिर्माता रहेको सिनेमामा हरि घले लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन, कालीप्रसाद बाँस्कोटा/बिकाश चौधरीको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।
सामाजिक कथामा निर्माण भएको ‘पन्चेबाजा’को स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र ‘पञ्चेबाजा’घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र पंचायत के हो किन हेर्नु पर्छ (फोटो फिचर )

Read Next

गोविन्द सिंह भण्डारीले चलचित्र ‘रणवीर’ बनाउदै