गोविन्द सिंह भण्डारीले चलचित्र ‘रणवीर’ बनाउदै

चलचित्र ‘रणवीर’ निर्माणको घोषणा गरिएको छ ।प्रेम र एक्सनलाई प्रमुख विषय बनाएर निर्माण गर्न लागिएको चलचित्र ‘रणवीर’प्रजातन्त्र दिवसको अवसर पारेर आज बाट छायांकनमा जादैछ ।

चलचित्र ‘रणवीर’ लाई गोविन्द सिंह भण्डारीको निर्देशन गर्दैछन् ।चनिर्देशक गोविन्दका अनुसार फिल्मले एक शिक्षित र जाँगरिलो युवकको जीवनमा आउने उतारचढाव र संघर्षलाई देखाउनेछ ।लचित्रमा सुशील सिटौला,शुभेच्छा खड्का प्रशान्त ताम्राकार, टिका पहाडी, रवि गिरी नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिस रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहने छ ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको लगानीमा बन्ने फिल्म डडेलधुरा, महेन्द्रनगर, धनगढी र काठमाडौँमा खिचिनेछ । फिल्ममा महेश पौड्यालको छायांकन, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन हुनेछ ।

Namaste Filmy

Read Previous

सौगातको ‘पञ्चेबाजा’हेर्न बालबालिकालाई अभिभावक चाहिने

Read Next

भवानी थापाले जितिन मिस पिस लुम्विनी २०१८ को उपाधि