'हँसिया'को अफिसियल ट्रेलर सार्वजनिक ।तामिल स्टाइलको खतरानाक दृश्यहरु (भिडियो सहित )

अगामी जेठ ९ गते बाट अल नेपाल प्रदर्शन हुने लागेको एक्सन चलचित्र ‘हँसिया’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको  ट्रेलर हेर्दा चलचित्र पूर्ण रुपमा अभिनेत्री हेमा श्रेष्ठको एक्सनमा  क्रेंदित  देखिन्छ   ।
हेर्नुहोस प्रोमो :

सामाजिक अपराधको कथा बोकेको चलचित्र  ‘हँसिया’लाई चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । मिलन चाम्सको निर्देशन रहेको चलचित्र  ‘हँसिया’लाई दुर्गा घले ,सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङ्गले मिलेर निर्माण गरेका हुन् ।नारी प्रधान द्धन्दलाई प्राथमिकता दिएर निर्माण गरिएको सो चलचित्रकि अभिनेत्री मार्सल आर्टको खेलाडी हेमा श्रेष्ठलाई द्धन्दनिर्देशन  गर्ने काम भने राजकुमार उप्रेतीले गरेका हुन् ।हेमाले फिल्ममा तामिल स्टाइलको खतरानाक छन्दका दृश्यहरु दिएकि छिन ।

1907980_725529834163979_308465744_n

फिल्ममा राजेश हमाल र हेमा श्रेष्ठ संगै म्यानहन्ट इन्टरनेशल बिजेता अनुप बिक्रम शाही , रुबी राना , बिशाल ढुंगाना , आलोक कार्की लगायतको मुख्य भूमिका रहेको छ । अनुप सापकोटाको कथा रहेको चलचित्र ‘हँसिया”मा राजकुमार केसीको छायांकन ,कल्याण  सिंहको संगीत ,रेनाषा बान्तवा राईको नुत्य, मिलन  चाम्स , अर्जुन जी.सी. र  बद्रि  लामिछानेको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

'नाइ नभन्नु ल २"पत्रकार भेटघाट कार्यक्रम बालगायक र बालकलाकारको अघि अरु कलाकार फिक्का

Read Next

कुमार आचार्यले न्यूज २४ मा कक्टेल लिएर आउने